काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई पार्टी एकतामा आउन आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको बताउँदै एकतामा आउन आग्रह गरेका हुन्।
यस्तै उनले कांगे्रस र कम्युनिष्टप्रति जनताको मोह भंग हुँदै गएको बताएका छन्। अब राप्रपा वैकल्पिक शक्तिको रूपमा स्थापित हुने उनले दावी गरे। पार्टी प्रवेश कार्यक्रममा अढाइ सय जना राप्रपामा प्रवेश गरेको राप्रपाले जनाएको छ।
प्रकाशित: १३ असार २०७६ १२:१७ शुक्रबार