१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गाउँपालिकामा घर, नगरपालिकामा खेत, स्थानीयको विरोध

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिसँग छलफल गर्दै सिद्धेश्वर, सिद्धपुर, गाँजरीका स्थानीय । तस्बिरः बिरा गडाल

बिरा गडाल

बैतडी– स्थानीय तह पुनर्संरचना गर्दा सिद्धेश्वर र सिद्धपुरलगायतका गाविसका वडाका स्थानीयको घर गाँउपालिका र जग्गा नगरपालिकामा परेको छ। प्रस्ताव गरिएको सिगास गाउँपालिकाका स्थानीयले दैनिक उपभोग्य वस्तु खरिद गर्न, पानी घट्ट र खेतको कर तिर्न पाटन नगरपालिका धाउनु पर्ने गरी पुनर्संरचना गरेपछि स्थानीयले बिरोध गरेका सुरु छन्।

गाँजरीसँग सीमाजोडिएका सिद्धेश्वर र सिद्धेश्वर  पाटन नगरपालिका गाभिएपछि स्थानियले बिरोध गरेका छन । दोहोरो बस्ती छ घरखेत पानी घट्ट वारीपारी परेपछि स्थानियले बिरोध गरेको गाँजरीकाभुवनचन्द्र बिश्वकर्माले जानकारी दिए । घर गाँउरपालिका र  खेत नगरपालिकामा परेपछि बिरोध गरेका हुन्।

स्थानीय विकास अधिकारी संयोजक रहेको जिल्ला पुनर्संरचना प्राविधिक समितिले बैतडीमा तीन नगरपालिकासहित ७ वटा गाउँपालिकाको प्रस्ताव गरेको छ। बैतडी पुनर्संरचना जिल्ला प्राविधिक समितिले नेताहरुले बनाएको खाकाअनुसार स्थानीयतहको पुनर्संरचना गर्दा यस्तो अवस्था आएको भन्दै स्थानीयले बिरोध गरेका हुन्।

यातायातको पहुँचबाट टाढा रहेको सिगास गाउँपालिकामा मिलाई एकामौजुदा गाँजरी गाविस, सिगास, ढुङ्गाड, थलाकाँडा, शिवलिङ र चौखामगाविसको दैनिक उपभोग्य वस्तु किन्ने मुख्य बजार केन्द्र सिद्धेश्वरको खोड्पे हो, जुन पाटन नगरपालिकामा गाभिएको छ ।

यसअघि प्रस्ताव गरिएका सातवटा स्थानीय तहमा कुनै विवाद नभएको सिगास गाउँपालिकालाई फुटाएर चरिचरन, पानीका मुहान, मशानघाट र खेतवारी अर्के गाउँपालिकामा पर्ने गरी नयाँ प्रस्ताव गरेपछि बिरोध गरिएको सिद्धपुरका अंकिलाल भट्टले बताए । सिद्धपुरका ६ देखी ९ नम्बर वडाका स्थानीयले पाटन नगरपालिका गाभिएको भन्दै बिरोध गरेका छन्। सिगास गाँउपालिकाहालको गाँजरी गाविस नजिकवारी पारीको सम्बन्धलाई लत्याएर पुनसंरचना गरिएकोले बिरोध गरिएको भट्टले बताए।

‘दैनिकउपभोग्य बस्तु किन्नपनि गाउँपालिकाबाट नगरपालिका जानु पर्ने गरी पुनर्संरचना भयो,’ गाँजरीका देवसिंहधामीले भने ।

त्यसै गरी पुनर्संरचना जिल्लाप्रा विधिक समितिले प्रस्ताव गरेको पात्तालभूमेश्वर गाउँपालिको एक वडाबाट अर्कोवडा पुग्न दुईदेखि तीन दिन लाग्ने गरी प्रस्ताव गरेको भन्दै मौजुदा शिखरपुर गाविसका स्थानीयले पनि बिरोध गरेका छन्। शिखरपुरदेखि जिल्ला सदरमुकामसित जोडिएको हटैराज गाविस मिलाएर पात्तालभूमेश्वर गाउँपालिका बनाउँदा समस्या हुने भएपछि बिरोध गर्दै ज्ञापनपत्र बुझाएको शिखरपुर–८ का देबसिंह बोहराले जानकारी दिए।

त्यसैगरी पुनर्संरचना जिल्ला प्राविधिक समितिले प्रस्ताव गरेको पात्तालभूमेश्वर गाउँपालिको एक वडाबाट अर्कोवडा पुग्न दुईदेखि तीन दिन लाग्ने गरी प्रस्ताव गरेको भन्दै मौजुदाशिखरपुर गाविसका स्थानीयले पनि बिरोध गरेका छन्।
आयोगले निर्धारण गरेको मापदण्ड अनुसार गाउँपालिका बन्न न्यूनतम तीनवटा बजार केन्द्र हुनुपर्ने, पानीढलो र मिलेको सामाजिक, सांस्कृतिकभूगोल टुक्राउन नपाईने भने पनि बैतडीको सिगास गाउँपालिकाको प्रमुखव्यापारिक केन्द्र सिद्धेश्वरको खोड्पे बजारलाई पाटन नगरपालिकामा गाभिएको भन्दै स्थानीयले बिरोध गरेका हुन्।

प्रस्तावगरिएका १० वटा स्थानीयतहमा सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, मेलौली गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पात्तालभूमेश्वर गाउँपालिका, डिलासैनी गाउँपालिका, पुरचौडी नगरपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिका रहेका छन् ।

आयोगले नयाँ मापदण्डअनुसार बैतडीमा सातदेखि अधिकतम् १० वटा स्थानीयतहबनाउनमिल्ने आधार दिएपछि बैतडीमा १० वटा स्थानीयतह प्रस्ताव गरिएको जिल्ला प्राविधिक समितिका संयोजक एवं स्थानीय विकास अधिकारी खेमराज बिष्टले जानकारी दिए। तर, प्राविधिक समितिले नेताहरुले आफ्नो गोजीबाट तयार पारेर दिएको लिष्टअनुसार पुनर्संरचनाभएको भन्दै स्थानीयले बिरोध गरेका छन्।

आगामी स्थानीय निकायको निर्वाचनलाई ध्यानदिएर जिल्ला तहका प्रभावशाली नेताहरुले प्राविधिक समितिलाई गोजीबाट लिष्ट दिएर आफ्नो पकड क्षेत्रलाई गाउँपालिका बनाउन चाहेको दुर्गास्थानका चक्रप्रसाद शर्माले आरोप लगाए।
प्रस्ताव गरिएका १० वटा स्थानीयतह मध्ये पात्तालभूमेश्वर गाउँपालिकाको शिखरपुर र शंकरपुरको मुसे–रौटदेखि पश्चिम–उत्तरतिरको हटैराज पुग्न एकै गाउँपालिको एक वडाबाट अर्को वडा जान दुईदेखि तीन दिनसम्म लाग्ने भएको छ ।
जिल्लाको पुनर्संरचना गर्दा यसअघि तयार पारिएको सात वटा तहको खाकामा थप गाउँपालिकामा गगरिएका स्थानहरुको बारेमा कुनै छलफल नगरिएकोले बिरोधसहित आन्दोलनका कार्यक्रम तय गरिएको शर्माले बताए ।

६ लाख रुपियाँ खर्च गरेर बनाएको सात वटा तहको खाका हटाएर जनतालाई असुविधा पर्ने गरी बनाएको खाकामा सहमती हुननसक्ने माओवादी केन्द्रका नेता गोपाल चन्दले बताए । केही नेताको पाकेट क्षेत्रको रुपमा पुनसंरचना गरिएको आरोप चन्दले लगाए ।

जिल्लाको पुनर्संरचना गर्दा दूरदर्शी भएर गर्नु पर्ने स्थानीय बुद्धिजिबीहरुले बताएका छन् । बैतडीमा बन्नलागेका पञ्चेश्वर परियोजना र पश्चिमसेतीबाट प्रभावित हुने गाविसहरुलाई विशेष प्राथमिकता दिएर गाउँपालिकाको पुनर्संरचना गर्नु पर्ने बुद्धिजीबी एवं शिक्षक लोकराज भट्ट बताउँछन् ।

 

प्रकाशित: १५ कार्तिक २०७३ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App