२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एसईईः कति विद्यार्थीको कति जीपीए ?

काठमाडौं– २०७५ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत १७ हजार पाँच सय ८० जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। सामुदायिकतर्फ २ हजार सात सय ९२ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् भने प्राइभेटतर्फ १४ हजार सात सय ८८ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्।

परिक्षामा सहभागी मध्ये ५१ हजार एक सय ३७ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका छन्। जस अनुसार ११ हजार दुई सय २३ जना सामुदायिकतर्फका छन् भने ३९ हजार ९ सय १४ जनाले प्राइभेटबाट ३.२ देखि ३.६ जीपीए ल्याएको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ।

त्यस्तै ६३ हजार हजार सात सय ४१ जनाले २.८ देखि ३.२ जीपीए ल्याएका छन्। जसमध्ये २६ हजार तीन सय ६६ जना सामुदायिक र ३७ हजार तीन सय ७५ जनाले प्राइभेटबाट २.८ देखि ३.२ जीपीए ल्याएका हुन्। एसईईमा ७६ हजार पाँच सय ६४ जनाले २.४ देखि २.८ जीपीए ल्याएका छन्। सामुदायिकबाट ५३ हजार ७ सय ३० जना रहेका छन् भने प्राइभेटबाट २२ हजार आठ सय ३४ जनाले २.४ देखि २.८ जीपीए ल्याएका छन्।

त्यसैगरि ९८ हजार दुई सय ७ जनाले २ देखि २.४ जीपीए ल्याएका छन्। जसमध्ये ८७ हजार चार सय ४२ जनाले सामुदायिकबाट ल्याएका छन् भने १० हजार सात सय ६५ जनाले प्राइभेटबाट २ देखि २.४ जीपीए ल्याएका छन्। ९५ हजार तीन सय ७ जनाले १.६ देखि २ जीपीए ल्याएका छन्। सामुदायिकबाट ९० हजार चार ४५ र प्राइभेटबाट ४ हजार आठ सय ६२ जनाले १.६ देखि २ जीपीए ल्याएका छन्।

४३ हजार आठ सय ४१ जनाले १.२ देखि १.६ जीपीए ल्याएकामध्ये सामुदायिकबाट ४२ हजार तीन सय ६३ जना र प्राइभेटबाट एक हजार चार सय ७८ जनाले १.२ देखि १.६ जीपीए ल्याएको कार्यालयले जनाएको छ। त्यस्तै चार हजार चार सय २९ जनाले ०.८ देखि १.२ जीपीए ल्याएका छन्। जसअनुसार सामुदायिकबाट चार हजार दुई सय ९६ र एक सय ३३ जनाले प्राइभेटबाट ०.८ देखि १.२ ल्याएका छन्।

२०७५ चैत्र १० गतेबाट परीक्षा सुरु भएको एसईई परीक्षामा कुल चार लाख ५९ हजार दुइ सय ७५ विद्यार्थी सहभागि भएका थिए।

प्रकाशित: १२ असार २०७६ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App