१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस कार्यकर्ताको सुझाव : ‘केन्द्रबाट नै सच्चिएर आऊ’

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधिले पार्टी नेतृत्व तहबाट गुटबन्दी भएको भन्दै त्यसलाई सच्याएर मात्र जिल्ला आउन तल्लो तहका नेता तथा कार्यकर्ताको सुझाव रहेको बताएका छन्। पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छलफलमा केन्द्रीय प्रतिनिधिले गुटबन्दीको अन्त्य केन्द्रीय तहबाटै गर्नुपर्ने धारणा तल्लो तहका नेता तथा कार्यकर्ताको मत रहेको सुनाएका हुन्।

केन्द्रीय नेताहरूकै कारण तल्लो तहसम्म गुट उपगुट मौलाएको गुनासो आरोप लगाउँदै तल्लो तहका नेता तथा कार्यकर्ताले सुधार केन्द्रीय तहबाटै गर्नुपर्ने औल्याएका छन्। तल्लो तहका नेता तथा कार्यक्ता ठिक रहेको तर केन्द्रीय तहका नेताहरुले नै गुटबन्दी गर्दा त्यसको प्रभाव तलसम्म पर्न गएको धारणा राख्दै उनीहरुले केन्द्रीय नेताहरु नै सुद्रिनु पर्ने धारणा राखेको भोजपुर प्रतिनिधि रामहरि खतिवाडाले जानकारी दिए। ‘६०÷४० को भागबन्डा अन्त्य गरेर पार्टीमा बृहत एकता कायम गर्नुपर्छ,’ केन्द्रीय प्रतिनिधिहरुको भनाइलाई उद्धृत गर्दै खतिवडाले भने, ‘केन्द्रीय नेताहरूले आलगै पार्टी जस्तो गुट चलाउनु भएन त्यसको अन्त्य हुनुपर्छ भन्ने आम कार्यकर्ताको चाहना छ।’

दोस्रो चरणको राष्ट्रिय जारण अभियान पहिला नै पार्टीभित्रको बृहत एकता कायम गरेर आउन केन्द्रीय प्रतिनिधिमार्फत केन्द्रीय नेतृत्वलाई सुझाव पठाएका उनीहरूले अहिलेकै अवस्था कायम रहे आगामी निर्वाचनको परिणाम पनि पार्टीको पक्षमा आउन नसक्ने सुनाएका छन्। केन्द्रमा रहेको गुटगत विभाजनको असर निर्वाचनमा प्रत्यक्षरुपमा परेको आम कार्यकर्ताको गुनासो रहेको सुनाउँदै केन्द्रीय प्रतिनिधिहरुले भने, ‘एउटा पक्षले टिकट पाएपछि अर्को पक्ष असहयोग गर्ने मात्र होइन हराउनै सक्रिय हुँदा पार्टी कमजोर बन्यो।’

कैलाली प्रतिनिधिसमेत रहेका केन्द्रीय सदस्य श्यमकुमार घिमिरेले पार्टीमा विद्यमान चरम गुटबन्दी अन्त्य गर्नुपर्नेमा सबैको चाहना रहेको सुनाए। ‘उचित ढंगबाट पार्टीको क्रियाशील सदस्यता वितरण हुन नसकेको, टिकट वितरणमा विवेक नपुगेको गुनासो आम कार्यकर्ताको छ,’ घिमिरेले भने, ‘चरणम गुटबन्दी र अन्र्तघात अन्त्यका लागि पार्टीले पहल गर्नुपर्ने सुझाव आएका छन्।’

केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति जनतामा तीव्र वितृष्ण भ एपनि कांग्रेसले आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्न अझै नसकेको गुनासो तल्लो तहका नेता तथा कार्यकर्ता रहेको नेताहरूले सुनाए। वर्तमान सरकारबाट भइरहेको राज्यकोषको दुरुपयोग, भ्रष्टाचार, अनियमितासहितका काम कांग्रेस नेतृत्वमा सरकार बन्दा हुँदैन भन्ने विश्वसनीय आधारसहित मुलुकको आर्थिक विकास र समृद्धिको वैकल्पिक आधारसहित जनतामाझ जानुपर्ने पनि केन्द्रीय प्रतिनिधिले सुझाएका छन्। केन्द्रीय तहका नेताहरू मिल्दा तल्लो तहमा स्वभाविक रूमा एकता कायम हुने सुझाव तल्लो तहबाट आएको भन्दै केन्द्रीय प्रतिनिधिले कांग्रेसबाटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वयको अभाव रहेको आंैल्याएका छन्। नयाँ संविधानअनुसार पार्टीका संचरनाहरु ीनर्माण नहुँदा तल्लो तहमा जवाफ दिनै कठिन भएको सुनाउँदै केन्द्रीय प्रतिनिधिहरुले दोस्रो चरणको अभियान पहिला नै पार्टीका सबै संरचनाहरुलाई पूर्णता दिनु पर्ने धारणा राखे।

केन्द्रीय सदस्यसमेत रहेका सुनसरी प्रतिनिधि महेश आर्चायले नयाँ व्यवस्था अनुसार पार्टीका संरचना बनाउन नेतृत्वलाई सुझाए। नियमित समयमै पार्टीको १४औं महाधिवेशन गरेर आगामी निर्वाचनको तयारीमा जुट्नुपर्ने कार्यकर्ताको चाहना रहेको आचार्यले सुनाए। पार्टीमा अनुशासन हिनता मौलाउँदै गएको भन्दै केन्द्र देखि तलसम्मका नेता तथा कार्यकर्तालाई अनुशासनको एउटै दायारामा राख्नुपर्ने धारणा पनि प्रतिनिधिहरूले राखेका छन्। बिहीबारसम्म ७७ वटै जिल्ला प्रतिनिधिले १० मिनेटमा खटिएको जिल्लाको अवस्थाबारे केन्द्रीय नेताहरुलाई जानकारी गराउने त्यसकै आधारमा भदौ २४ गतेबाट सुरु हुने दोस्रो चरणको अभियानलाई अझै परिस्कृत गर्ने सभापति शेरबहादुर देउवाले जानकारी दिए। छलफल कार्यक्रमको सुरुवात गर्दै देउवाले जागरण अभियानका क्रममा प्राप्त सुझाव ग्रहण गरेर पार्टीलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने उनले प्रतिबद्धता जनाए। सभापति देउवाले पहिलो चरणको अभियानमा भएका कमी कमजोरी सच्याएर दोस्रो र तेस्रो चरणको अभियान अझै प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन्। कांग्रेसले गत वैशाख २५ दखि जेठ २५ गतेसम्म पहिलो चरणको एक महिने जागरण अभियान सञ्चालन गरेको थियो।

प्रकाशित: १२ असार २०७६ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App