१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

राजधानीमा ‘राधा’ प्रिमियर

बिहीबार राजधानीको सिटीसेन्टरस्थित बिगमुभिजमा उपस्थित हुँदै बायाँबाट क्रमशः जीवन लुईंटेल, सन्चिता लुईंटेल र योगेश घिमिरे ।

काठमाडौं– ४ वर्षपछि सन्चिता लुईंटेलले अभिनयमा पुनरागमन गरेको फिल्म ‘राधा’को बिहीबार प्रिमियर गरिएको छ । फिल्मको कमलादीस्थित सिटीसेन्टरमा अवस्थित बिग मुभिजमा प्रिमियर गरिएको हो । प्रिमियरमा फिल्म क्षेत्रका हस्तीहरुले उपस्थिति जनाएका थिए ।

फिल्मलाई सन्चिता लुईंटेलको ‘कमव्याक’ फिल्मको रुपमा लिइएको छ । ४ वर्षअघि सन्चिताले ‘नाई नभन्नू ल ३’मा सहायक चरित्रमा अभिनय गरेकी थिइन् । फिल्ममा सन्चिताले अभिनेता जीवन लुईंटेलसँग जोडी बनाएकी छिन् ।

‘फिल्मको कथाको केन्द्रमा  म नै छु । कमव्याकका लागि नारी प्रधान र खोजेजस्तै कथामा फिल्म खेल्नु पाउनु सौभाग्य ठानेकी छु,’ कार्यक्रममा छोटो प्रतिक्रिया दिँदै सन्चिताले भनिन् , ‘प्रोमो तथा गीत हेरेर धेरैले मोटी भन्ने प्रतिक्रिया दिनु भएको छ । फिल्म हेरेपछि सायद उहाँहरुको धारणा परिवर्तन हुन्छ ।’

अभिनेता जीवन लुईटेलले पनि प्रिमियरपछिको प्रतिक्रियाले उत्साहित बनाएको बताए । उनले यही फिल्मका दौरान आफूले वर्षको २ वटा फिल्ममा मात्र अभिनय गर्ने घोषणा गरेका थिए ।
‘सबैले फिल्मसँगै मेरो अभिनय पनि मन पराएको प्रतिक्रिया दिनुभएको छ । मेरा काम गराई दर्शकलाई कत्तिको जँच्छ, प्रतिक्षामा रहनेछु,’ जीवनले भने ।
फिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।  उनले यसअघि जीवनलाई नै लिएर ‘नोटबुक’ र ‘भूलभूलैया’ निर्देशन गरेका थिए ।
मानकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई प्रदिप भारद्धाजले लेखेका हुन् । फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ । फिल्म राजधानी र बाहिरका गरी ५५ भन्दा बढी हलमा रिलिज भएको निर्देशक घिमिरेले बताए ।

 

प्रकाशित: १५ कार्तिक २०७३ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App