सिकारुले चलाउँदा ट्याक्टर दुर्घटना, तीनको घटनास्थलमै मृत्यु

बिहिबार, १२ असार २०७६, ०८ : २१ खम्म खत्री

अछाम - जिल्लाको चौरपाटी गाउँपालिका–३ स्थित दसपल्ले माविमा बिहानी कक्षा सञ्चालन हुने गर्छ। त्यहाँ पढ्ने धेरै विद्यार्थी बिहानै उठेर हतारहतार विद्यालय कुद्नुपर्ने अवस्था छ। बाटोमा ट्याक्टर भेटियो भने विद्यार्थीहरू राहत महसुस गर्छन् र त्यसैमा अटाईनअटाई चढेर विद्यालय जाने गर्दछन्। बुधबार बिहान गाउँदेखि विद्यालय पुग्न करिब आधा घन्टा पैदल हिँड्नुपर्ने विद्यार्थीहरूले ट्याक्टर भेट्टाए।

सबैजना अटाउन भन्दै केही विद्यार्थी ट्रयाक्टरको अगाडि भागमा त केही टेलरमा चढे। पुरै कच्ची बाटो त्यसमाथि ओरालो, गुडिरहेको ट्याक्टर एक्कासि अनियन्त्रित हुँदा दुर्घटना हुन पुग्यो। चौरपाटी–३ सोकटको कोलगैरामा भएको ट्याक्टर दुर्घटनामा तीन विद्यार्थीको घटनास्थलमै मृत्यु भयो। से१त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चारजना गम्भीर घाइते भए।

घाइते उत्तम साउदले भने, ‘बाटोमा ट्याक्टर गुरुसँग मलाई चलाउन दिनुस् भनें, उहाँले पनि दिनुभयो।’ उनका अनुसार ट्याक्टर ओरालोमा रहेका बेला चालकको निर्देशनअनुसार गियर बदल्ने क्रममा न्युट्रलमा रहँदा नियन्त्रण गुमेपछि बाटोमुनि पल्टिएको हो।

मृतक र घाइते सबैजसो दसपल्ले माविमा अध्ययनरत विद्यार्थी भएको बताइएको छ। मृत्यु हुनेमा दसपल्ले माविबाट भर्खरै एसइई दिई नतिजा पर्खिरहेका रमेश साउद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको शिक्षक लोकबहादुर बोगटीले बताए। ट्याक्टर चालकले भने हामफालेर ज्यान जोगाउन सफल भएका ट्याक्टरमा सवारहरूको भनाइ छ।

चार घाइतेमध्ये तीनजनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई धनगढी रेफर गरिएको छ। दुर्घटनाका घाइते उत्तम साउदका अनुसार मृतक दाइ रमेश र बहिनी कालीसँगै घरबाटै ट्याक्टर चढेको बताउँछन्। ‘हामी पढ्न जाँदै थियौं, एसइईको रिजल्ट आउने भन्ने खबर पाएपछि दाइ पनि हामीसँगै आउनुभएको थियो,’ उत्तमले भने, ‘बाटोमा ट्याक्टर गुरुसँग मलाई चलाउन दिनुस् भनें, उहाँले पनि दिनुभयो।’ उनका अनुसार ट्याक्टर ओरालोमा रहेका बेला चालकको निर्देशनअनुसार गियर बदल्ने क्रममा न्युट्रलमा रहँदा नियन्त्रण गुमेपछि बाटोमुनि पल्टिएको हो। ‘आफ्नै गाडी भएकाले कहिलेकाहीं चलाउन सिक्ने गरेको थिएँ,’ उनले भने, ‘तर आज ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना हुन पुग्यो।’

‘छोराको प्राविधिक इन्जिनियर बन्ने ठूलो धोको थियो। त्यसका लागि ब्रिजकोर्स पनि गरिरहेको थियो,’ गाडीधनी देवहादुर साउदले भने, ‘ठूलो छोरा र छोरी गुमाउनुप¥यो, कान्छो छोरो पनि घाइते छ।’ सोही दुर्घटनामा घाइते भएकी शारदा साउदले ट्याक्टरको अगाडिको भागमा बसेकाहरू मृत्यु र घाइते भएको बताइन्। ‘ड्राइभरसहित उनीहरू आउँदै थिए, बाटामा हामीलाई देखेपछि सँगै जाऔं भने, हामी पनि चढ्यौं,’ उनले भनिन्, ‘गाडी ओरालोमा थियो, खै कसरी दुर्घटना भयो, पत्तै भएन।’ तीनजना मृतक र चारजना घाइतेलगायत ड्राइभर ट्याक्टरको अघिल्लो भागमा थिए। ‘ट्याक्टरको टेलरमा पनि आठ÷नौ जनाजति थिए। उनीहरूलाई भने केही भएन,’ उनले भनिन्, ‘काली त बाँच्थी कि जस्तो लागेको थियो। च्यापिएकाले चिच्याउँदै थिई तर निकाल्न सकिएन।’ आफूहरूलाई पनि च्यापिएको अवस्थामा ड्राइभरले निकालेको उनले बताइन्।

बिहान ६ बजेर ४५ माभएको सो घटनाको जाँचबुझका लागि प्रहरी चौकी सिउडीबाट प्रहरी घटनास्थल पुगेको थियो। पछि जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र शाही नेतृत्वको टोलीसमेत घटनास्थलमा पुगेको थियो। दुर्घटनामा घाइते मृत्यु भएका तीनैजनाको शव जिल्ला अस्पताल अछाममा पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरी निरीक्षक शाहीले जानकारी दिए।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad