१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘गलबन्दी’को विवाद मिल्यो, सपुत र राईबीच लिखित सहमति

काठमाडौं– पछिल्लो समय लोकप्रियसँगै विवादमा परेकाे ‘गलबन्दी’ गीतका प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ। उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक पाउने गरी बुधबार भएको सहमति हो।

‘गलबन्दी'ले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिपत्रमा उल्लेख गरिएको छ। राई र सपुत दुबैले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको उल्लेख छ।

गलबन्दी गीतले चर्चा पाउन थालेपछि सपुतले राईको गीत चोरि गरेको भन्दै आलोचना हुँदै आएको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App