१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘ओभर स्पिड’ले प्रहरीको ट्रक दुर्घटना (भिडियो)

काभ्रे– सशस्त्र प्रहरीको मिनिट्रकले बोलेरो जीपलाई ठक्कर दिएको छ। बुधबार बागमती सशस्त्र प्रहरी गुल्म, पनौतीको ना १ ग ४८४ मिनिट्रकले बनेपा–पनौती सडकखण्डको बाँसघारीमा सडकमा रोकि राखेको बा १३ च ५०७५ नम्बरको बोलेरो जीपलाई ठक्कर दिँदा ठक्कर दिने ट्रकमा सवार प्रहरी घाइते भएका छन्।

६ जना घाइते प्रहरीमध्ये तीन जना प्रहरी गम्भीर घाइते रहेका छन्। घाइतेहरुलाई पनौतीका मेयरको गाडीले उद्धार गरि शीर मेमोरियल अस्पताल बनेपामा उपचारको लागि लगिएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरीको ट्रकको स्पीड धेरै रहेको थियो। त्यस्तै सडकमा रोकि राखिएको जीप भने खाली रहेको थियो।

प्रकाशित: ११ असार २०७६ ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App