कमब्याक तरखरमा शिल्पा

बुधबार, ११ असार २०७६, १० : ३५ नागरिक

मुम्बई – बलिउड फिल्म उद्योगमा हालको समयमा स्टार सन्तानको ‘डेब्यू’ र ९० दशकका कलाकारको ‘कमब्याक’को सिलसिला चलिरहेको छ। माधुरी दिक्षित, सञ्जय दत्त, काजोल र रानी मुखर्जी जस्ता अग्रज कलाकारले केही समय अघिसम्म धेरै फिल्ममा अभिनय गरेर आफ्ना शुभचिन्तकलाई खुशी दिएका छन्। यो क्रममा अब अभिनेत्री शिल्पा सेट्टी पनि जोडिँदैछिन्।

शिल्पाका अनुसार उनी हालका दिनमा फिल्मको स्क्रिप्ट नियमित पढिरहेकी छन्। तर कुन फिल्ममा अभिनय गर्ने भन्ने कुरा चाँडै सार्वजनिक गर्ने उनले जनाएकी छन्। ‘मैले आफ्नो कमब्याकका विषयमा पति राजसँग लामो समयसम्म कुरा गरिरहेको छु। मलाई कमब्याक गराउन उनले पूर्ण साथ दिने बताइसकेका छन्। जस्तो किसिमको सम्बन्ध हामी बाँड्छौं। मलाई थाहा छ कि यो विषयमा जहिल्यै ऊ मेरो पक्षमा हुन्छ’, शिल्पाले भनेकी छन्, ‘उनी पतिको रूपमा मसँग कमै मात्र व्यवहार गर्छन्। किनकी राज आजको दिनसम्म मेरो प्रेमी नै लाग्छ। आज मैले जति व्यापार व्यवसाय चलाईरहेको छु। त्यसको कारक राज नै हुन्।’

शिल्पाले आफू कमब्याकको सोचमा रहेको उल्लेख गरेकी छन्। ‘हो, म कमब्याक गर्ने सोच बनाइरहेको छु। यो समयमा मसँग तीन स्क्रिप्ट छन्। जसलाई म अध्ययन गरिरहेको छु। मैले अहिलेसम्म कुनै पनि फिल्मका लागि हस्ताक्षर गरिसकेको छैन’, उनले भनेकी छन्, ‘आमा बन्नु अघि सात वर्षसम्म मैले कुनै पनि फिल्ममा काम गरिनँ किनकी म आफ्नो छोरासँग समय बिताउन चाहन्थें।’

शिल्पा हालका दिनमा टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’मा निर्णायकको भूमिका निभाउँदै आएकी छन्। यो शोले टीआरपी पनि राम्रो बढाईरहेको छ। यसका अलावा उनी हालै मात्र अमेजनको एक वेब शोमा पनि देखिएकी थिइन्। तर यो शो ‘सुपर डान्सर’को जति चर्चामा आउन सकेन।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad