१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विकास रनिङ सिल्ड फुटबलको उपाधिसंकटा क्लबलाई

चितवन–निराजन खड्काले ह्याट्रिक गर्दा काठमाडौंको संकटा क्लबले नारायणगढमा जारी १२ औं विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि चुमेको छ। क्याम्पाचौरमा आइतबार भएको फाइनल खेलमा संकटाले विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि तीन शुन्य गोल अन्तरको फराकिलो जित हात पारेको हो ।

संकटाले जितसँगै नगद रु तीन लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता आर्मीले एक लाख ५० हजार रुपैयाँ पायो । आर्मीको डि एरीयाभित्र ह्याण्ड भएपछि संकटाले पेनाल्टीको अवसर पायो। सो अवसरलाई सदुपयोग गर्दै संकटाका जर्सी नम्बर १५ का खेलाडी निराजन खड्काले खेलको १० औं मिनेटमै टिमका लागि पहिलो गोल गरे । मध्यान्तरअघि थप भएको समय (इन्जुरी टाइम) सकिनै लाग्दा उनै खड्काले संकटाका लागि दोस्रो गोल थपे।

मध्यान्तरअघि नै दुई गोलको अग्रता लिदै संकटाले आर्मीलाई दवावमा राख्न सफल भयो । जसका कारण गोल गर्न पाएका राम्रा मौकाको समेत आर्मीले सदुपयोग गर्न सकेन । खेलको ७८ औं मिनेटमा संकटाको पोष्ट नजिकै डि एरियाभित्र हेण्ड भएपछि आर्मीका १९ नम्बरका खेलाडी जितेन्द्र कार्कीले गरेको प्रहारसमेत पोष्टमा लागेर फर्कियो ।

खेलमा फर्कने उपयुक्त मौकाको पर्खामा रहेको आर्मीले पाएको यो दुर्लभ अवसर गुमाए लगत्तै अर्को झड्का बेहोर्यो। खेलको ८१ औं मिनेटमा संकटाका निराजन खड्काले डि एरियाभन्दा थोरै बाहिरबाट गरेको प्रहार आर्मीका खेलाडी राजु आले मगरलाई छुदै पोष्टभित्र छि¥यो । यसरी संकटाका निराजनले फाइनल खेलमा ह्याट्रिक गर्ने र प्रतियोगिताको सर्वाधिक गोलकर्ता हुने अवसर पाए।

फाइनल खेलको म्यान अफ दी म्याच खड्का नै भए । जसका लागि उनले नगद रु १० हजार हात पारे। खेल अवधीभर छ गोल गरेको खड्का सर्वाधिक गोलकर्ता घोषित हुँदै अर्को १५ हजार राशी पनि प्राप्त गरे । खेलमा फेयर प्लेको अवार्ड स्थानीय टिम चितवन ११ ले पायो । जस वापत चितवनले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

    कात्तिक १ गतेदेखि सुरु भएको प्रतियोगितमा तीन भारतीय, तीन विभागीयसहित १५ टिमले प्रतिस्पर्धा गरेका थिए । विकास रनिङ सिल्ड समितिले चितवनमा विस २०३१ सालदेखि यो प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि भुमिसुधार मन्त्री विक्रम पाण्डे रहेका थिए ।

प्रकाशित: १५ कार्तिक २०७३ ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App