१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सुदूरपश्चिम पृतनापति उपाधि भवानीबक्सलाई

भवानीबक्स गणलाई सुदूरपश्चिम पृतनापति ट्रफी वितरण गर्दै पृतनापति उपरथी बालकृष्ण कार्की। तस्बिरः नागरिक

कैलाली – गत जेठ ३१ गतेबाट सञ्चालित सुदूरपश्चिम पृतनापति ट्रफीको उपाधि भवानीबक्स गणले हात पारेको छ। प्रतियोगिताको अन्तिम दिन कैलालीको तेघरीस्थित सैनिक खेल मैदानमा सम्पन्न फुटबलको फाइनल खेलमा भवानीबक्स गणले भवानीदल गणलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले विजयी हात पारेको हो।

बेलुकी ढिला गरी भएको फाइलन खेलमा कसैले पनि गोल गर्न नसकेपछि थपिएको १५/१५ मिनेटमा पनि कसैले गोल नगरेपछि खेल टाइब्रेकरमा गएको थियो। सोमबार बेलुकी पौने ८ बजे भएको पेनाल्टी सुटआउटमा भवानीबक्स गणले भवानीदलले उपाधि हात पारेको हो। खेलमा भवानीबक्स गणका किपर लीलबहादुर कार्कीले दुईवटा पेनाल्टी रोक्नुका साथै उत्कृष्ट खेल खेल्दै ‘म्यान अफ द म्याच’ भए।

प्रतियोगिताको समापन गर्दै प्रमुख अतिथि पृतनापति उपरथी बालकृष्ण कार्कीले विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए। कार्कीले पृतनापति ट्रफीअन्तर्गतका एथलेटिक्स, बास्केटबल, भलिबल, बक्सिङ, तेक्वान्दो, स्विमिङ र फुटबल खेलका उपाधि जित्न सफल गण तथा खेलाडीलाई शुभकामना दिए।

प्रतियोगिताभर सर्वाधिक पदक (७६ वटा) तथा अंक (२५) ल्याउन सफल भवानीबक्स गणलाई सर्वोत्कृष्ट टिम घोषित गरी सुदूरपश्चिम पृतना ट्रफी २०७६ प्रदान गरियो। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा रहेका नेपाली सेनाका गण तथा गुल्मबीच कैलाली र कञ्चनपुरमा खेलाइएको थियो। प्रतियोगितामा विभिन्न ७ वटा खेल र ६५ वटा इभेन्टमा तीन सय २१ पुरुष सैनिक र २५ महिला सैनिक खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: १० असार २०७६ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App