१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘मेरो हातमा कुनै फिल्म छैन्’

मुम्बई – दिनानुदिन फिल्ममा व्यस्त हुने कुनै चर्चित कलाकार एक्कासी बेरोजगार हुँदा उसको अवस्था कस्तो हुन्छ ? यो थाहा पाउन अहिले बलिउड बादशाह अर्थात् शाहरुख खानको जीवनलाई हेरे पुग्छ। उनले निर्माण र अभिनय गरेको पछिल्लो फिल्म ‘जीरो’ बक्सअफिसमा पूर्ण रूपमा असफल भएपछि शाहरुख यतिबेला कामको खोजीमा छन्।

हालैको एक अन्तरवार्तामा उनले आफू हालका दिनमा बेरोजगार रहेको खुलाएका छन्। ‘यो समयमा मेरो हातमा कुनै पनि फिल्म छैन। म अन्य फिल्मकर्मीको फिल्ममा पनि काम गरिरहेको छैन’, उनले भनेका छन्, ‘फिल्म जिरोपछि मलाई धेरै फिल्मको प्रस्ताव पनि नआएको होइन्। तर कुनै पनि फिल्ममा काम गरिनँ।’

केही समय अघि शाहरुख फिल्म निर्देशक राजकुमार हिरानीसँग फिल्म गर्न लागेको खबर सार्वजनिक भएको थियो। त्यस्तै फिल्म ‘सत्ते पे सत्ता’को रिमेकका लागि निर्देशक तथा कोरियोग्राफर फराह खानले शाहरुखसँग कुराकानी गरेको चर्चा पनि चलेको थियो। तर शाहरुखले आफूसँग हालको अवस्थामा कुनै फिल्म नरहेको र कुनै पनि अन्य फिल्ममा काम गर्ने योजना नरहेको बताएपछि शाहरुखसँग जोडिएको हल्ला केवल अफवाह मात्र रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सामान्यतया कलाकारको कुनै एक फिल्म रिलिज भएपछि ऊ आफ्नो अर्को फिल्मको तयारीमा जुट्ने गर्दछ। तर शाहरुखको मामलामा यो संयोग मिलेको छैन्। ‘शाहरुखको मनले यस्तो काम गर्नलाई अनुमति दिएको छैन। उनी अझै केही समय बेरोजगार भएरै बस्न चाहन्छन्’, शाहरुख निकट स्रोतले भनेको छ, ‘शाहरुख यो समयमा फिल्म हेर्न, कथा सुन्न, किताब पढ्न र आफ्नो परिवारका साथ समय बिताउन चाहन्छन्। त्यसकारण पनि उनले फिल्मी अभिनयमा ध्यान दिएका छैनन्।’

प्रकाशित: १० असार २०७६ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App