चेन्नाइविरुद्ध हारको बदला लिने दाउमा मनाङ

सोमबार, ०९ असार २०७६, १४ : २४ नागरिक

काठमाडाैं– एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नाइसँग खेल्ने भएको छ।

 सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा यही असार ११ गते हुने ‘होम’ खेलमा नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी चेन्नाईविरुद्व मैदानमा उत्रनेछ।

समूह चरणमा एक खेल पनि जित हात पार्न नसकेको मनाङ पहिलो जितको खोजीमा मैदान उत्रँदा चेन्नाइविरुद्ध हारको बदला लिने दाउमा रहनेछ। सोही हारको बदला मनाङले घरेलु मैैदानमा लिन चाहन्छ।

यसअघि गत अप्रिलमा चेन्नाइसँग उसैको मैदानमा भएको अबे खेलमा मनाङ मस्र्याङ्दी २–० गोलअन्तरले पराजित भएको थियो। प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको मनाङको लागि भने उक्त खेल प्रतिष्ठाको लागि मात्र हुनेछ।  

प्रतियोगितामा दुई अङ्क मात्र जोड्न सकेको मनाङ एएफसी कपबाट यसअघि नै बाहिरिसकेको छ। यसअघि पाँच खेल खेलेको मनाङ जितविहीन छ। मनाङले दुई खेलमा बराबरी तथा तीन खेलमा पराजय भोग्यो।  

समूह इ मा रहेको मनाङ अङ्क तालिकाको अन्तिम स्थानमा छ। त्यस्तै बङ्गलादेशको अबहानी लिमिटेड १० अङ्कका साथ शीर्ष स्थानमा छ भने आठ अङ्क जोडेको चेन्नाइ दोस्रो स्थानमा छ।

त्यस्तै मिनर्वा पञ्जाब पाँच अङ्कका साथ तेस्रो स्थानमा छ। प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा छनोट हुनेछ।रासस





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad