१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुरुङ मार्ग विशेष प्राथमिकतामाः पूर्वाधार मन्त्री

फाइल तस्बिर

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरुङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत भौतिक पुर्वाधार तथा यातायात शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूबाट आएको प्रश्नको जवाफ दिँदै उनले सरकारले सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखी अध्ययनका लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याइएको जानकारी दिए।

विकास र पुर्वाधार निर्माण सम्बन्धमा आवश्यकताअनुसार बजेट विनियोजन गरिएकाले पानी जहाजका लागि सोहीअनुसार बजेट राखिएको बताए। सांसदहरुले पानी जहाजका लागि विनियोजन गरिएको रकम कम भएको भन्दै त्यसबारे जिज्ञासा राखेका थिए। उनले बाहिरी चक्रपथको डिपिआर निर्माणका लागि चार करोड रुपैयाँ छुट्याइएको जानकारी दिए।

उनले ९१ प्रतिशत बढी पुराना क्रमागत योजनाहरूलाई नै प्राथमिकता दिएकाले नयाँ योजना धेरै नभएको स्पष्ट पारे। उनले अन्य क्षेत्रगतरूपमा निर्माण रोकिएका सडक र पुल निर्माणको कामलाई यथासम्भव छिटो सम्पन्न गराउनेतर्फ मन्त्रालय गम्भीर रहेको स्पष्ट  पारे। पुराना आयोजना छुटेका भए जानकारी अनुसार समावेश गरिने प्रतिबद्धता पनि उनले जनाए।

प्रकाशित: ९ असार २०७६ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App