१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसदको प्रश्न : रेशम चौधरीलाई नेल लगाउनेलाई कारबाही भयो ?

काठमाडौं- सांसद एकवाल मियाँले रेशम चौधरीलाई नेल लगाउने लाई भएको कारवाही बारे जानकारी माग गरेका छन्। संसद बैठकमा बोल्दै उनले दश बर्षे माओवादी आन्दोलनमा पनि सर्वसाधरण मारिएको उल्लेख गर्दे कैलाली आन्दोलन पनि सोही प्रकृतिको भएको भन्दै 'एउटा आन्दोलनकारी सिंहदरबार र अर्को जेलमा । यो कस्तो कानुन हो? ’भनी प्रश्न गरे।

सांसद राजेन्द्र श्रेष्ठले गुठी विधेयक फिर्ता नभई खारेज प्रक्रियामा अघि बढाउने सरकारको ध्यानाकर्षण गराए। असार ४ गते माईतिघर मण्डलामा भएको कम्पनको जाँच र नाप अझै नसकिएको र अझै ठूलो दबाब कार्यक्रमको तयारी भईरहेको भन्दै उनले समयमै निर्णयमा पुग्न आग्रह गरे।

सांसद जीप छिरिङ लामा ले संविधानमा समावेशी समानुपातिक रहेको प्रावधानलाई मिचेर प्रकाशित गरिएको लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरे। सरकारका संबैधानिक निकायहरुलाई संविधान अनुसार चलाउन सरकारको ध्यानाकर्षण गराउदै उनले विज्ञापन खारेज नभए आन्दोलन चर्किने चेतावनी दिए।

प्रकाशित: ९ असार २०७६ ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App