१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

डेजाभुमा सोन्याको ‘मार्भल्स मी’

काठमाडौं  – डेजाभु क्लबमा भग लस्ट इन्टरटेनमेन्टले ‘स्टायल इन्भेजन’ पछि अब ‘मार्भल्स मी’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार यो शोमा हरेक किसिमका व्यक्तिहरूले सहभागिता जनाउन पाउनेछन्।

‘मार्भल्स मी’ नाम दिइएको कार्यक्रममा जस्तोसुकै व्यक्तिले पनि भाग लिन पाउनेछन्। यस्ता किसिमका शोमा धेरै आयोजकले कम व्यक्ति सहभागी गराए पनि यो शोमा हरेक किसिमका मानिसलाई स्वागत गरिने आयोजकले जनाएका छन्। भग लस्टकी प्रमुख सोन्या गुरुङले साइजका कारण, उमेरका कारण अथवा विभिन्न समस्याका कारण यस्ता कार्यक्रमबाट टाढा रहनेहरूलाई विशेष प्राथमिकतामा राखेको बताइन्.। हाल यो कार्यक्रमका लागि अडिसन भैरहेको छ। गत शनिवार पहिलो चरणको अडिसन सम्पन्न हुँदा आगामी शनिबार फाइनल अडिसन हुनेछ। यो अडिसनमा ‘मार्भल्स मी’का लागि ५० जना छानिनेछन्। यो कार्यक्रममा विभिन्न देशका नागरिकले सहभागिता जनाउने आयोजकले जनाएको छ।

यसअघि डेजाभुमा भएको कार्यक्रममा झन्डै ३ हजार दर्शकको सहभागिता थियो भने ५० बढी मोडलले आफ्नो शो देखाएका थिए। त्यसअघि आयोजकले ‘सोन्याज रनवे’ पनि आयोजना गरेको थियो। उक्त शोमा १ हजारबढी दर्शकको सहभागिता थियो। भग लस्ट प्रमुख सोन्याले भूकम्पपीडितका लागि दुबईमा ‘आबुधाबी क्रुजिङ फर नेपाल अर्थात नेपालका लागी आबुधावीमा क्रुजिङ’ नामक कार्यक्रम आयोजना गरेकी थिइन्। उक्त शोबाट ४ लाख ५० हजार रुपैयाँ तथा २ लाख बढीको सामान उठेको थियो। ‘मैले गर्ने हरेक कार्यक्रमबाट जे जति कमाउँछु, त्यो आम्दानीबाट केही रकम समाजसेवामा सहयोग गर्दै आएकी छु। आगामी कार्यक्रमबाट उठ्ने रकमको केही प्रतिशत समाजसेवामै खर्च गर्नेछु’, सोन्याले भनिन्।

नेपालमा रहेर विभिन्न किसिमका फेसन शो आयोजना गर्दै आएकी सोन्या गुरुङ फेसन गुरुको रूपमा चिनिन्छिन्। नेपालका धेरै चर्चित कलाकारहरूको स्टाइलिङ गरिसकेकी सोन्याले आगामी समयमा नेपालका प्रमुख सहरमा ‘सोन्या रन वे’ आयोजना गर्ने योजना बनाएकी छिन्।

 

प्रकाशित: ९ असार २०७६ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App