१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश प्रहरी प्रमुख बस्नेतले सम्हाले कार्यभार

मकवानपुर– तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडामा प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले आइतबार कार्यभार ग्रहण गरेका छन्। महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरण, काठमाडौंबाट सरुवा भई प्रदेश प्रहरी कार्यालय आएका बस्नेतलाई प्रहरी अधिकृतहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

उनलाई दंगा नियन्त्रण प्रहरी गण हेटौंडाको प्राङ्गणमा प्रहरीको एक टुकडीले उनलाई सम्मान सलामी समेत अर्पण गरेको थियो। गृह मन्त्रालयले जेठ ३१ गते गरेको निर्णयअनुसार प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक दिपककुमार थापा प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्साल, काठमाडौं सरुवा भएपछि उनको स्थानमा बस्नेत आएका हुन्।

कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरी र प्रहरी उपरीक्षक दिपेन्द्र जिसी, दंगा नियन्त्रण प्रहरी गण हेटौंडाका प्रमुख ध्रवराज राउत, ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नविनराज राई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ८ असार २०७६ १५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App