१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

धाेनीकाे ब्याटिङमा सचिनकाे आलोचना

लण्डन– जारी एकदिवसीय विश्वकपमा भारत र अफगान्तिस्तानको बीचको खेलमा महेन्द्रसिंह धोनीको प्रदर्शनलाई लिएर सचिन तेन्दुलकरले आलोचना गरेका छन्।

त्यसो त प्रतिस्पर्धात्मक बनेको शनिबारकाे खेलमा भारतले कमजोर मानिएको अफगानिस्तानमाथि ११ रनको रोमाञ्चक जित निकालेको थियो । उक्त खेलमा विराट कोहलीलाई छोडेर अन्य खेलाडी आक्रामक बन्न सकेका थिएनन्। यस्तोमा पूर्व भारतीय ब्याट्म्यान सचिन तेन्दुलकरले पूर्वकप्तान महेन्द्रसिंह धोनी र जाधवको खेललाई लिएर असन्तुस्टी जनाएका हुन।

सचिनले एक टेलिभिजनसँग कुरा गर्दै भने 'म धोनी र केदार जाधवको प्रदर्शनलाई लिएर खुशी छैन। उनीहरुले अत्यन्तै ढिला खेल खेले। उनीहरुले आक्रामक खेल्न चासो देखाएनन्।'

उनले एक ओभरमा २/३ भन्दा बढी डट बल खेलेको भन्दै ३१ ओभरपछि ४५ ओभरसम्म खेल धेरै धिमी भएको बताए। धाेनी र केदार जादवले पाचाैँ विकेटका लागि ८४ बलमा ५७ रन जाेडेका थिए।

प्रकाशित: ८ असार २०७६ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App