१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बजेटको छलफलमा मुख्यमन्त्री नआएपछि कांग्रेसद्वारा संसद अवरुद्ध

कर्णाली प्रदेशसभा (फाइल तस्बिर)

सुर्खेत– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै कांग्रेसले आइतबारको संसद बैठक अवरुद्ध गरेको हो। प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बजेटजस्तो महत्वपूर्ण छलफलका क्रममा प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने क्रममा मुख्यमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने बताए ।

‘बजेटजस्तो संवेदनशील विषयमा छलफल गर्दा मुख्यमन्त्री उपस्थित नहुनु गम्भीर विषय हो’ प्रमुख प्रतिपक्षी दलका नेता शाहीले भने, ‘संसदमा मुख्यमन्त्रीको उपस्थिति नहुँदासम्म बैठक सञ्चालन हुँन दिँदैनौं।’ उनले असार १ गते प्रस्तुत भएको बजेटमाथि शुक्रबारदेखि छलफल गर्ने भनिए पनि विना कारण बैठक स्थगित गरिएको आरोप पनि लगाए। 

‘निष्ठा, सत्यता र संसदीय मर्यादाका लागि संसद अवरोध गरेका हौं’ प्रमुख प्रतिपक्षी दलका नेता शाहीले भने, ‘मुख्यमन्त्री नआउँदासम्म बैठक सुचारु हुन दिँदैनौं।’ कांग्रेसको अवरोधपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

प्रकाशित: ८ असार २०७६ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App