१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

छ जनालाई ‘तुवाचुङ साप्ताहिक पुरस्कार’

खोटाङ – खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिकले पत्रकारिता, समाजसेवा, खेलकुद र साहित्य पुरस्कार घोषणा गरेको छ । गत आइतबार बसेको तुवाचुङ साप्ताहिक सञ्चालक समितिको बैठकले जनही १५ हजार राशीको ‘तुवाचुङ पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका पत्रकार दमन राई, कान्तिपुर टिभीका पत्रकार उत्तम चौंलागाईं र नयाँ पत्रिका दैनिकका पत्रकार केदार मगरलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कारका लागि छानिएका पत्रकार राई नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष, मगर महासंघको प्रदेश पार्षद तथा चौंलागाईं शाखाका सचिव हुन् । यस्तै, १५ हजार राशीको ‘तुवाचुङ साप्ताहिक पुरस्कार’ समाजसेबी जनकराज राईलाई र १५ हजार राशीकै ‘तुवाचुङ साप्ताहिक खेलकुद पुरस्कार’ सितारियो करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका राईलाई प्रदान गरिनेछ । खेलाडी राईले नेपालसहित श्रीलंका, भारतलगायतका देशमा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छन् ।

यस्तै, १५ हजार राशीकै ‘तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कार’ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्माका साहित्यकार विक्रम चेतनशील राईलाई प्रदान गर्ने निर्णय भएको तुवाचुङ साप्ताहिकका प्रकाशक तथा सम्पादक दीपेन्द्र राईले बताए । उनको खस नेपाली, अंग्रेजी, चाम्लिङ राई र किरात लिपीमा प्रकाशित ‘तुवाचुङ’ नामक गजलसंग्रहका लागि साहित्य पुरस्कार प्रदान गर्न लागिएको हो ।

घोषित पुरस्कार पत्रिकाको प्रथम वार्षिकोत्सवको अवसरमा साउन ४ गते हलेसीमा हुने कार्यक्रमकाबीचमा प्रदान गरिने राईले बताए । ग्रामीण पत्रकारितालाई मजबुत बनाउने लक्ष्य बोकेर २०७५ साउन ४ बाट प्रकाशन सुरु भएको तुवाचुङ साप्ताहिक हलेसी तुवाचुङ नगरपालिकालाई केन्द्र बनाएर प्रकाशन हुँदै आएको छ ।

प्रकाशित: ८ असार २०७६ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App