१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

२ हजार कला प्रदर्शनमा

काठमाडौं – अल्फ्रेस्को मिडिया एन्ड इभेन्ट मेनेजमेन्टको आयोजनामा राजधानीमा गत सोमबारबाट ‘अल्फ्रेस्को ओपन आर्ट एक्जिबिसन कम कम्पिटिसन २०१९’ शुरु भएको छ। युवापुस्ताका लागि कलामा खुला प्लेटफर्मको नारा लिइएको प्रदर्शनीको नबिल बैंकका सिइओ अनिल केशरी शाहले शुभारम्भ गरेका थिए। उनले युवापुस्तालाई कलामार्फत सिर्जनशिल कार्यमा प्रयोग गरेकोमा आयोजकलाई धन्यवाद दिए।

कलाकार गेहेन्द्रमान अमात्यले विद्यालय र कलेजस्तारका विद्यार्थीलाई कला सिर्जना अभियानमा सामेल गराउनु स्वागतयोग्य कुरा भएको बताए। कला समीक्षक मुकेश मल्लले प्रदर्शनीले आम मानिसमा कलाको चेतना फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रदर्शनीमा झन्डै हजार कलाकारका कला प्रदर्शनका लागि राखिएको छ। उद्घाटन कार्यक्रममा उत्कृष्ट कलाकारलाई पुरस्कृत गरिएको थियो। पुरस्कृत हुनेमा रोहाना प्रधान, सुक्रिया तामाङ, संयम अधिकारी, अक्षभ्य गुरुङ, अरिस्का पोखरेल, युबानी सिंह, तमन्ना अग्रवाल, निकेश बस्नेत, अस्मिना राई, स्तुती मुल, अलिशा आले, निशान्त लामा, देवांश अग्रवाल, खुश्बु तामाङ, निहिका महर्जन, अदिती शेर्पा, बिलिशा दुलाल, आरिया तन्डुकार, दीपेश सिन्जाली मगर, राहुल प्रजापति, अक्षरा सिंह, मनिष धोजु, नमुन तामाङ र मनोज्ञ विश्वकर्मा थिए।

एघार दिनसम्म चल्ने प्रदर्शनीमा झन्डै दुई हजारको संख्यामा चित्र राखिएका छन्। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भइरहेको प्रदर्शनी असार १२ गतेसम्म जारी रहनेछ।
 

प्रकाशित: ८ असार २०७६ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App