१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘प्रधानमन्त्रीसँग बाङ्गो कुरा’ सुरु गर्दै घनश्याम र सुजन (भिडियो)

काठमाडौं– नक्कली प्रचण्ड बनेर ‘मेरी बास्सै’लगायत टेलिसिरियलहरुमा अभिनय गर्दै आएका कलाकार घनश्याम गौतम र सुजन आचार्यले बाङ्गो कुरा प्रधानमन्त्रीसँग नामक कमेडि बहस कार्यक्रम सञ्चालन गर्न सुरु गरेका छन्।

सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको नक्कल गर्दै बाङ्गो कुरा प्रधानमन्त्रीसँग नाम राखेर उनीहरुले कमेडी गर्ने प्रयास गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग जोडिएका जल्दोबल्दो विषयवस्तुमा व्यंग्य गर्ने हिसाबले युट्युबमा कार्यक्रम सुरु गरिएको सुजनले बताएका छन्। दर्शकको रुचीलार्इ ध्यान दिएर टेलिभिजनबाट समेत उक्त कार्यक्रम प्रसारण गर्ने लक्ष्य रहेको उनले बताएका छन्।

कार्यक्रमको पहिलो भागमा प्रधानमन्त्री पुष्पकमल दाहालले दशैंमा टिका नलगाएको तथा लोकमानसिंह कार्की काण्डबारे उक्त कार्यक्रममा व्यंग्य गरिएको छ।

भिडियो

प्रकाशित: १४ कार्तिक २०७३ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App