१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेती यातायातले उठायाे ३७ करोड राजस्व

कैलाली–सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्तसम्म ३७ करोड राजस्व संकलन गरेको छ।

कार्यालयले सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने कर लगायतका राजस्व शीर्षकबाट ३७ करोड १६ लाख २९ हजार दुई सय ४२ रुपैयाँ राजस्व संकलन गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख गम्भीरसिंह विष्टले जानकारी दिए। 

निमित्त प्रमुख विष्टले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा उठेको राजस्व बराबरको रकम चालू आर्थिक वर्ष सकिनुभन्दा एक महिना अगाव संकलन भएको उल्लेख गरे। अघिल्लो आर्थिक वर्षमा कार्यालयले ३७ करोड ३८ लाख ३२ हजार चार सय ८० रुपैयाँ राजस्व संकलन गरेको थियो। 

त्यसै गरी २०७४/७५ को साउन महिनादेखि स्मार्ट लाइसेन्स वितरण कार्य सुरु गरेको कार्यालयले हालसम्म १३ हजारलाई स्मार्ट लाइसेन्स वितरण गरेको छ। विष्टले हालसम्म स्मार्ट लाइसेन्सका लागि करिब २९ हजार पाँच सय ८२ जनाले आवेदन दिएको र तीमध्ये १३ हजार दुई सय ४४ जनालाई लाइसेन्स वितरण गरिएको जानकारी दिए। 

यातायात व्यवस्था कार्यालय सेतीले सुरुआतमा लाइसेन्स नवीकरण गर्नेलाई मात्र स्मार्ट लाइसेन्स वितरण गर्दै आएको थियो। हाल नयाँ लाइसेन्सका लागि आवेदन दिने, प्रतिलिपि बनाउने, थप सवारी चालक अनुमतिपत्र बनाउने लगायतलाई पनि उक्त लाइसेन्स वितरण गरिँदै आएको जनाइएको छ। रासस

प्रकाशित: ७ असार २०७६ ०८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App