१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमान दुर्घटनामा ९ जनाको मृत्यु

हाेनाेलुलु– हवाईको ओआहु टापुमा यात्रुवाहक विमान शुक्रबार राति विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। 

हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ। हवाई परिवहन विभागका अनुसार ओहुको उत्तर किनारमा डिलिंघम एयरफील्ड नजिकै सो दुर्घटना भएको हो। किंग एयर विमानमा सवार सबै जनाको मृत्यु भएको हवाई परिवहन विभागका प्रवक्ता टिम सखाराले जानकारी दिएको छ। नौ जना सवार उक्त विमानको दुर्घटना भए लगत्तै ६ जनाको मृत्यु भएको खवर ट्राफिक एजेन्सीले दिएको थियो।

स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा यो घटना सम्वन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे छ बजे आएको समाचार लेखेको छ । खबर पाएपछि घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन्। एनबीसीका एक कर्मचारीले भने, ‘फायर फाइटरको रुपमा मेरो ४० वर्षमा देखेको एकदमै भयानक दुर्घटना हो।’
 

प्रकाशित: ७ असार २०७६ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App