१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बलियो भारत र न्युजिल्यान्ड कमजोर टोलीसँग सजक

लन्डन  – इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार दुई खेल हुँदै छन्। पहिलो खेलमा  भारतले एसोसिएट राष्ट्र अफगानिस्तानको सामना गर्दा अर्को खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।

बलिङ र ब्याटिङ दुवै पक्षमा बलियो मानिएको भारत हालसम्म जितविहीन रहेको अफगानिस्तानविरुद्ध सहज जितको खोजिमा रहनेछ। उता सम्पन्न सबै खेलमा पराजय भोगेको अफगानिस्तान पनि सम्मानजनक नतिजाको खोजिमा हुनेछ। शनिबार भारत अफगानिस्तासँग मैदान उत्रिदा ट्वान्टी–२० वरीयताको शीर्ष स्थानमा रहेका बलर रासिद खानसँग सजक हुनेछ।

यद्यपि पछिल्लो खेलमा इङ्ल्यान्डविरुद्ध किफायती बलिङ गर्न नसक्दा उनी निकै आलोचित भइरहेका छन्। इन्डियन प्रिमियर लिग (आइपिएल)मा प्रभावशाली खेल प्रर्दशन गर्दै भारतीय खेलाडीलाई नजिकबाट नियाल्ने  मौका पाएका रासिदलाई शनिबारको खेल आलोचना चिर्ने मौका पनि हुनेछ। किन की, रासिदले भारतीय ब्याट्सम्यान र उनीहरूको ब्याटिङ शैलीलाई प्रतिष्ठित प्रतियोगिता आइपिएलमा नजिकबाट नियाल्ने मौका पाएका छन्। जुन रासिदका लागि सबल पक्ष हुनेछ। उपाधि दाबेदार भारतले पनि अघिल्लो खेलमा देखाएको प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ। भारतीय ब्याट्सम्यान रोहित शर्मा, विराट कोहली, महेन्द्रसिंह धोनी, अलराउन्डर हार्दिक पांड्या लयमा छन्।

यस्तै भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह भारतीय बलिङका मुख्य हतियार हुनेछन्। भुवनेश्वर कुमार भने चोटका कारण खेल्ने या नखेल्ने अन्योल छ। उता अफगानिस्तान भने ब्याटिङ र बलिङ दुवै पक्षलाई सुधार गर्दै भारतविरुद्ध खेल्ने योजनमा छ। सबै खेलमा स्तब्ध बनेको अफगानिस्ताका ब्याट्सम्यान निकै संयमित हुँदै खेल्नेछ।

आजका खेल
भारतविरुद्ध अफगानिस्तान : ३ः१५ बजे
न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिज : ६ः१५ बजे

कठिन मानिएको टोलीका ब्याट्सम्यानलाई हम्मेहम्मे बनाउने भारतीय बलरको सामना गर्नु अफगानिस्तानलाई निकै कठिन हुनेछ। भारतले जारी विश्वकपमा सम्पन्न ४ खेलमा ३ जित निकालेको छ भने न्युजिल्यान्डविरुद्धको खेल भने वर्षाका कारण अंक बाँडेको थियो। भारतको अकंतालिकामा ७ अंक छ भने सबै खेलमा पराजित अफगानिस्तान अंकविहीन हुँदै तालिकाको पुछारमा छ।

शनिबारै हुने दोस्रो खेलमा अर्को अपराजित टोली न्युजिल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ। दक्षिण अफ्रिकाविरुद्ध रोमाञ्चक जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिएको न्युजिल्यान्ड पनि लयलाई निरन्तरता दिन चाहन्छ। केन विलियम्सन, मार्टिन गुप्टिल, कोलिन मुनरो र रोस टेलर जस्ता अनुभवी ब्याट्सम्यानको भरमा किवी टोली बलियो आत्मविश्वासी छ।

कप्तान विलियम्सनले दक्षिण अफ्रिकाविरुद्ध शतकीय जिम्मेवारी इनिङ खेल्दै तीन बल अगाडि जित दिलाउन सफल भएका थिए। भारतसँग वर्षाका कारण अंक बाँडेको न्युजिल्यान्डलाई मध्यम टोली वेस्ट इन्डिजविरुद्ध जित निकाल्न त्यति सहज भने हुनेछैन। वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल, इभिन लिविस, साई होप र सिमरोन हेटमायर जस्ता खेलाडीलाई रोक्नु न्युजिल्यान्डका लागि कठिन छ।

यी ब्याट्सम्यानले जिम्मेवारी इनिङ खेलेको खण्डमा न्युजिल्यान्डलाई कठिन हुनसक्छ। त्यसका लागि न्युजिल्यान्डका बलरले किफायती बलिङ गर्नुको विकल्प छैन। सम्पन्न ५ खेलमध्ये ४ खेलमा जित निकालेको न्युजिल्यान्डको ९ अंक छ भने समान ५ खेल खेलेका वेस्ट इन्डिजको ३ अंक छ। एकदिवसीय विश्वकप इतिहासमा न्युजिल्यान्ड र वेस्ट इन्डिज ७ पटक प्रतिस्पर्धा गरेका छन्। सर्वाधिक ४ पटक न्युजिल्यान्डले नतिजा हात पारेको छ भने वेस्ट इन्डिजले भने तीन खेलको नतिजा आफ्नो बनाएको छ। न्युजिल्यान्डले पछिल्लो पटक २०१५ मा वेस्ट इन्डिजलाई १ सय ४३ रनले हराएको थियो।

एकदिवसीय विश्वकप इतिहासमा न्युजिल्यान्ड र वेस्ट इन्डिज ७ पटक प्रतिस्पर्धा गरेका छन्। जसमा ४ पटक न्युजिल्यान्डले नतिजा हात पार्दा वेस्ट इन्डिजले भने तीन खेलको नतिजा आफ्नो बनाएको छ। न्युजिल्यान्डले पछिल्लोपटक सन् २०१५ मा वेस्ट इन्डिजलाई १ सय ४३ रनले हराएको थियो।

प्रकाशित: ७ असार २०७६ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App