१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘किरातीको मातृभाषा संरक्षण आवश्यक’

किरातीको मातृभाषा हराउँदै गएकाले यसको संरक्षण आवश्यक रहेको विज्ञले औँल्याएका छन्। शुक्रबार राजधानीमा आयोजित ‘बान्तवा साहित्य ः वर्तमान अवस्था, चुनौती र सम्भावना’ गोष्ठीपत्र प्रस्तुति तथा विचार गोष्ठी कार्यक्रममा उनीहरूले सो बताएका हुन्।

प्रा.डा.नोवल किशोर राईले पछिल्लो समयमा किरातीको मातृभाषा हराउँदै गएको बताए। ‘किरातीमा पनि आ–आफ्नै जातिका भाषा बोल्छौं। पछिल्लो समयमा मातृभाषा हराउँदै गएकोले अगाडि बढ्न सकेको छैन,’ उनले भने, ‘मातृभाषा आफैले संरक्षण गर्नुपर्छ। यसको लागि विभिन्न मातृभाषाका पुस्तक निकालेर नयाँ पुस्तालाई सिकाउनुपर्छ।’

मातृभाषा संरक्षणको लागि सरकार र विदेशी संस्थाको सहयोग ताक्ने होइन, आफैले सक्रियता देखाउनुपर्ने उनीहरूको भनाइ छ। कार्यक्रममा बान्तावा भाषाको बुङ्वाखाका सम्पादक पदम राईले  ‘बान्तावा साहित्य ः वर्तमान अवस्था, चुनौती र सम्भावना’को  गोष्ठी पत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: ७ असार २०७६ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App