१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

हिमाली क्षेत्रमा ब्वाँसोको आतंक

ताप्लेजुङ– ताप्लेजुङको हिमाली क्षेत्रमा ब्वाँसो (वन कुकुर) ले आतंक मच्चाएको छ। हिजोआज ब्वाँसोले भेडीगोठमा रहेका भेडाहरूमाथि आक्रमण गर्ने, मार्नेजस्ता आतंक मच्चाउँदै आएको हो।

भेडापालक व्यवसायीका अनुसार एकैदिन दर्जनाैं भेडा ब्वाँसोले मारिदिने गरेको छ। फुङ्लिङ नगरपालिका–११ फावाखोलाका भेडापालक व्यवसायी कमल विष्टका अनुसार अहिले उभौली सिजन भएकाले भेडी गोठहरू हिमाली क्षेत्रतिर रहेका छन्। ३ हजारदेखि साढे ४ हजार मिटरसम्मको उचाइ रहेको चरण क्षेत्रमा गोठहरू रहेका कारण ब्वाँसोले आतंक मच्चाउन थालेको विष्टले बताए। उनका अनुसार बुधबार मात्रै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सेलेले क्षेत्रमा रहेको भेडीगोठका १८ वटा भेडा ब्वाँसोले मारिदिएको छ।

पाँच/सात वटाको हुलमा आएका ब्वाँसोले भेडाका माउहरू मारिदिएको उनले बताए। गोठमा रहेका भेडाहरू ब्वाँसोले लाखौंको क्षति हुन पुगेको व्यवसायी विष्टको भनाइ छ। भेडी गोठहरू हिमाली क्षेत्रमा पु¥याएका बखत बेलाबेलामा ब्वासोले आतंक मच्चाउँदा व्यवसायीले घाटा बेहोर्दै आउनुपरेको छ। यस वर्ष पनि ब्वाँसो आतंक सुरु भएकाले गोठालाहरूले निगरानी बढाउँदै आएका छन्।  

प्रकाशित: ६ असार २०७६ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App