१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इङ्ल्यान्डसँग श्रीलंकालाई दबाब

लन्डन – आयोजक इङ्ल्यान्ड आफ्नो छैटौं खेल श्रीलंकासँग खेल्दै अघिल्लो चरणको यात्रालाई सहज बनाउने लक्ष्यका साथ शुक्रबार मैदान उत्रिदै छ। दुई खेलमा वर्षाका कारण अंक बाँडेको श्रीलंका पनि आफ्ना अनुभवी खेलाडीको भरमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई चुनौती दिने लक्ष्यमा हुनेछ। घरेलु टोली इङ्ल्यान्ड एसियाली टोली श्रीलंकासँग दबाबविहीन हुँदै खेल्नेछ। किनभने इङ्ल्यान्डका जो रुट, इयोन मोर्गन, जोनी बेयरस्टो र जेसन रोयजस्ता क्रिकेटर जारी विश्वकपमा उत्कृष्ट लयमा छन्।

यी चार ब्याट्सम्यान जारी विश्वकपमा सबै भन्दा धेरै बनाउने शीर्ष दशभित्र अटाएका छन्। यी नै खेलाडीको सफल ब्याटिङको मद्दतमा इङ्ल्यान्ड शुक्रबार श्रीलंकाविरुद्ध उच्च मनोबलका साथ खेल प्रदर्शन गर्नेमा ढुक्क छ। सर्वाधिक रन बटुल्ने सुचीमा रुट शीर्ष चारमा रहेका छन् भने मोर्गन छैटौं, बेयरस्टो नवौं र जेसन रोय दशौं स्थानमा छन्।

यस्तै बलिङतर्फ पनि घरेलु टोली उत्तिकै लयमा छ। जोफ्रा आर्चर र मार्क उड इङ्ल्यान्ड टोलीका लागि सफल मानिएका छन्। आर्चरले जारी विश्वकपका आफ्ना पाँच खेलमा ४४.५ ओभर बलिङ गर्दा २ सय १७ रन खर्चिएर १२ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिनेको सूचीमा तेस्रो नम्बरमा छन्। समान १३ विकेट लिएका अस्ट्रेलियाका मिचेल स्र्टाक र मोहम्मद आमिर क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। शीर्ष ७ मा रहेका उडले भने पाँच इनिङको खेलमा ९ विकेट हात पारेका छन्। मोइन अली र क्रिस वोक्सको बलिङलाई रोक्न श्रीलंकालाई निकै कठिन हुनेछ। श्रीलंका पनि आफ्ना अनुभवी र पाका खेलाडीको साथमा घरेलु टोलीविरुद्ध जितको खोजिमा मैदान उत्रिनेछ।

एसोसिएट राष्ट्र अफगानिस्तानलाई मात्र हराएको श्रीलंकाले दुई खेलमा अंक बाँड्दा दुई खेलको नतिजा गुमाएको छ। श्रीलंका शुक्रबार आयोजकविरुद्ध मैदान उत्रिदा राम्रो खेल्दै खराब लयलाई भंग गर्न चाहन्छ। त्यसका लागि श्रीलंकाका कुशल परेरा, कप्तान दिमुथ करुनारत्ने, लाहिरु थिरिमाने, एन्जेलो म्याथ्युज आदि जस्ता खेलाडीले आफ्नो अनुभवलाई प्रस्ट्याउने पर्नेहुन्छ।

यस अघि सम्पन्न खेलमा जस्तो फितलो प्रदर्शन गरे श्रीलंकालाई शीर्ष चारभित्र अटाउन त्यसपछिका खेलमा दबाब हुनेछ। लथिस मालिङ्गाको बलिङको भरमा मैदान उत्रिनु मूर्खता हुनेछ। सम्पन्न पाँच खेलमध्ये आयोजक इङ्ल्यान्डले एक खेलमा मात्र पराजय भोगेको छ। चार खेलमा जित आफ्नो पक्षमा पारिसकेको छ। आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १ सय ४ रनको फराकिलो जित निकालेको इङ्ल्यान्ड दोस्रो खेलमा भने पकिस्तानसँग १४ रनले स्तब्ध बन्यो।

आफ्नो दोस्रो खेलमा भोगेको पराजय पछि संयमित हुँदै खेलेको इङ्ल्यान्डले त्यसपछिका खेलमा भने जित निकाल्यो। तेस्रो खेलमा बंगलादेशमाथि १ सय ४ रनको जित निकालेको इङ्ल्यान्डले चौथो खेलमा वेस्ट इन्डिजलाई ८ विकेट तथा पाँचांै खेलमा अफगानिस्तानमाथि १ सय ५० रनको फराकिलो जित निकाल्न सफल भएको थियो। श्रीलंका न्युजिल्यान्डसँग र अस्ट्रेलियासँग पराजित हुँदा बंगलादेश र पाकिस्तानसँग वर्षा भएपछि अंक बाँडेको थियो। एकदिवसीय विश्वकपको इतिहासमा यी दुई टोली १० पटक आपसमा भिडेका छन्। जसमा इङ्ल्यान्डले सर्वाधिक ६ पटक जित निकाल्दा श्रीलंकाले ४ पटक नतिजा आफ्नो पक्षमा पारेको छ।यस अघि सम्पन्न खेलमा जस्तो फितलो प्रदर्शन गरे श्रीलंकालाई शीर्ष चारभित्र अटाउन त्यसपछिका खेलमा दबाब हुनेछ। लथिस मालिङ्गाको बलिङको भरमा मैदान उत्रिनु श्रीलंकाको मुर्खता हुनेछ।

प्रकाशित: ६ असार २०७६ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App