१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भूकम्पपीडितप्रति सरकार तमासे बन्याेः वैद्य

फाइल तस्बिर

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भूकम्पपीडित परिवारलाई पुनस्र्थापना गर्ने मामिलामा सरकार तमासे बनिरहेको आरोप लगाएका छन् ।

आफ्नै दलका नेता सिपी गजुरेलले लेखेको ‘झुल्कँदो घाम’ कथासंग्रहको शनिबार विमोचन गर्दै वैद्यले कलाकारहरू धुर्मुस–सुन्तलीबाट सरकारले पाठ सिक्नुपर्ने बताए । ‘एक÷दुई जना व्यक्तिले चाहेमा बस्ती नै स्थापित गर्न सकिँदो रहेछ,’ उनले भने, ‘तर, सरकार भने तमासे भइरहेको छ । भूकम्पपीडितका लागि केही गर्न सकेको छैन ।’

कलाकारहरू सीताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा सिन्धुपाल्चोकको गिरानचौरा भूकम्पपीडितका लागि ६५ वटा नमुना घर निर्माण हुनुलाई उनले खुसीको रूपमा लिए । ‘यो काम सरकारका लागि व्यग्ंय पनि हो,’ वैद्यले भने ।

१० वटा कथा समेटिएको ‘झुल्कँदो घाम’ कथासंग्रहको  विमोचन कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती, ईश्वरचन्द्र ज्ञवालीलगायतले पुस्तकमाथि समीक्षा गरेका थिए ।

प्रकाशित: १४ कार्तिक २०७३ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App