महानगरकाे नीति तथा कार्यक्रम

महानगरकाे सडक मर्मतसम्भारका लागि 'स्पेशल टास्क फोर्स’!

बिहिबार, ०५ असार २०७६, १६ : १५ विनोद परियार

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकको मर्मतसम्भारका लागि 'स्पेशल टास्क फोर्स’ गठन गर्ने भएको छ।

काठमाडौंको सडकको उचित व्यवस्थापन गर्न चौतर्फी दवाब आइरहेका बेला महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडकको मर्मत सम्भारका लागि 'स्पेशल टाक्स फोर्स’ निर्माण गरी परिचालन गर्ने नीति सार्वजनिक गरेको हो।

बिहीबार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षदेखि विद्युतीय बस सेवा संचालनमा ल्याउने घोषणा गरे। 'वायुमण्डलको स्वच्छता र जनस्वास्थ्यलाई ध्यानमा राखि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने’ पनि काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। मेयर शाक्यले सहरी यातायात व्यवस्थापन नीति अन्तरगत काठमाडौंको सम्भाव्यता देखिएका स्थानहरुको पहिचान गरी साईकल लेन बनाउने नीति पनि अघि सारिएको बताए।

महानगरपालिकाले सम्पदा संरक्षण तथा सम्वर्द्धन र पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास’लाई जोड दिएर ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा काठमाडौं भित्रको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन गर्न 'नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालय तथा नेपाल पर्यटन बोर्डसँग साझेदारी कार्यक्रम संचालन गर्ने पनि समावेश गरिएको छ। मेयर शाक्यले आगामी आर्थिक वर्ष भित्र काठमाडौंमा पर्यटन प्रवर्द्धनका लागि विश्व सम्पदा सूचिमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भु, बौद्ध र पशुपतिनाथ क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास हुने गरी विशेष कार्यको थालनी गर्ने पनि बताए।

नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरुको सम्मानका लागि 'मनमोहन ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम तथा प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुको योगदानलाई सम्मान गर्न 'गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ कार्यक्रम संचालन गर्ने पनि पनि उल्लेख गरिएको छ। मेयर शाक्यले प्रधानमन्त्रीको रुपमा मनमोहन अधिकारीले ज्येष्ठ नागरिकहरुलाई गरेकाे सम्मान र प्रजातन्त्रका लागि सिंहले पु-याएकाे योगदानको उचित कदर गर्दै सो सम्मान कार्यक्रम पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए।

नीति तथा कार्यक्रममा काठमाडौंमा उज्यालोको अभाव हुन नदिन 'मेयर उज्यालो’ कार्यक्रम पनि राखिएको छ। त्यसैगरी सूचना तथा संचार नीति अन्तरगत निःशुल्क वाईफाई सेवा संचालनको कामलाई विस्तार गर्ने, काठमाडौं महानगरपालिकाको आफ्नै लगानीमा मेट्रो टेलिभिजन स्थापना गरि संचालन ल्याउने कार्यक्रम पनि तय गरिएको छ। मेयर शाक्यले महानगरपालिकाद्धारा संचालित मेट्रो एफएमलाई प्रभावकारी बनाउने नीति तय गरिएको पनि बताए। काठमाडौंलाई प्रदुषणमुक्त बनाउन फोहोर पानीलाई प्रशोधन गर्न उचित व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ।





यसमा तपाईको मत

अन्य समाचार

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

Ncell Footer Ad