१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चोभारमा मञ्जुश्रीको ३३ फिट अग्लाे मूर्ति

काठमाडौं– कीर्तिपुर नगरपालिका १४ चोभारमा मञ्जुश्रीको मूर्ति बनाउने काम अन्तिम चरणमा पुगेको छ । जलविनायक सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा स्थानीयले तीन करोड रुपैयाँ खर्चेर ढुंगाको मूर्ति बनाएका हुन् । मूर्ति ३३ फिट अग्लो हुनेछ ।

गुफा, पार्क, गल्छी र जलविनायक मन्दिरका कारण पर्यटकीय गन्तव्य बन्दै गएको चोभारमा मञ्जुश्रीको मूर्ति थप आकर्षण केन्द्र बन्ने स्थानीयको विश्वास छ । उहिल्यै काठमाडौं खाल्डो तलाउ भएका बेला चीनबाट आएका मञ्जुश्रीले आफ्नो खड्गले चोभारमा गल्छी बनाएर पानी तर्काएको इतिहास छ । त्यही इतिहास सम्झाउन मूर्ति बनाइएको प्रतिमा निर्माण समितिका संयोजक सुजिन्द्र महर्जनले बताएका छन् ।

नेपाल पर्यटन बोर्डमा शनिबार महर्जनले दुई महिनाभित्र मूर्ति निर्माण सकिने जानकारी पत्रकारलाई दिए । मूर्तिकार चन्द्रश्याम डँगालेको नेतृत्वमा मूर्ति कुँद्ने काम भइरहेको छ ।

मूर्ति बनाउने काममा थप सहयोग जुटाउन र प्रचार गर्ने उद्देश्यले समूहले कात्तिक १९ देखि २३ गतेसम्म चोभारमा विश्व शान्ति पूजा आयोजना गर्दैछ । त्यस अवसरमा बौद्ध विद्वान्बाट पूजापाठ र प्रवचन हुनेछ ।

समूहका अध्यक्ष इन्द्र महर्जनका अनुसार दोस्रो चरणमा त्यहाँ सगरमाथा अध्ययन केन्द्र बनाइनेछ । आकाश खुलेका बेला चोभारबाट सगरमाथा शिखरको दृश्यसमेत देखिन्छ ।

प्रकाशित: १४ कार्तिक २०७३ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App