१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एकै दिन भित्रियो दुई अर्ब रेमिटेन्स

काठमाडौं— विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक २ अर्ब रुपैयाँ हाराहारी स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा एक खर्ब १४ अर्ब ७४ करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको छ।

गत आर्थिक वर्षको साउन र भदौमा भन्दा रेमिटेन्सको वृद्धिदर घटे पनि रकम भने केही बढेको छ। गत आवको दुई महिनामा साढे २७ प्रतिशतले बढेको रेमिटेन्स अहिले जम्मा ६.६ प्रतिशतले मात्र बढेको छ।

६६.६ प्रतिशत परिवारले तिनीहरुले प्राप्त गरेको रेमिटेन्स बचत गर्ने गरेको बताएका छन् । रेमिटेन्सबाट प्राप्त रकम बचत गर्ने ६६.६ प्रतिशत अर्थात २ सय १३ परिवारमध्ये आधाजसोले बचत रकम घरजग्गा खरिदमा प्रयोग गर्ने उल्लेख गरेको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ ।

सबैभन्दा बढी रेमिटेन्स मलेसिया, कतार, साउदी अरेबियाबाट आउने गरेको तथ्यांकले देखाउँछ । रोजगारीमा गएका कामदारले देशको अर्थतन्त्र नै जोगाउने गरी रेमिटेन्स भिœयाए पनि त्यस्तो रकमबाट पुँजी निर्माण भने हुन सकेको छैन।

नेपाल भित्रने रेमिटेन्समध्ये २८ प्रतिशत बचत हुने गरेको देखिएको छ । बाँकी विभिन्न प्रयोजनमा खर्च हुने गरेको नेपाल राष्ट्र बैंकले हालै सम्पन्न गरेको सर्वेक्षणले देखाएको छ ।

कुल १६ जिल्लाका ३ सय २० घरपरिवारमा गरिएको सर्वेक्षणमा ६६.६ प्रतिशत परिवारले तिनीहरुले प्राप्त गरेको रेमिटेन्स बचत गर्ने गरेको बताएका छन् । रेमिटेन्सबाट प्राप्त रकम बचत गर्ने ६६.६ प्रतिशत अर्थात २ सय १३ परिवारमध्ये आधाजसोले बचत रकम घरजग्गा खरिदमा प्रयोग गर्ने उल्लेख गरेको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ ।

केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको ‘रेमिटेन्स प्राप्त गर्ने परिवारको बचत तथा लगानी प्रवृत्ति’ शीर्षक सर्वेक्षणमा सहभागी ३ सय २० परिवारमध्ये ३४.४ ले प्राप्त रेमिटेन्स बालबालिकाको शिक्षादीक्षा र परिवारको स्वास्थ्य उपचारमा खर्च गर्ने गरेको उल्लेख गरेका छन् ।

सर्वेक्षणका अनुसार हरेक प्रवासी कामदारले वर्षमा ६.२ पटक रेमिटेन्स पठाउँछन् । त्यसबाट हरेक घरपरिवारले औसत ५ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्छन् । रेमिटेन्स पठाउन लाग्ने लागत भने उच्च पाइएको छ । राष्ट्र बैंकका अनुसार कुल रेमिटेन्स रकमको १.७ प्रतिशत पठाउँदा खर्च हुन्छ । ९०.९ प्रतिशतले औपचारिक माध्यमबाट र ५.९ प्रतिशतले हुन्डी बाट पठाउने पनि सर्वेक्षणबाट पत्ता लागेको छ । बाँकीले साथीभाइ तथा नातेदारको हातमा पठाउँछन् ।

दक्षिण कोरियाबाट भित्रने रेमिटेन्सको उल्लेख्य हिस्सा हुन्डीबाट आउँछ। कोरियामा काम गर्ने ७० प्रतिशतले हुन्डीबाट पैसा पठाउने गरेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणमा संलग्नमध्ये ४४.७ प्रतिशतको पेसा वैदेशिक रोजगारीबाहेक कृषि हो । ८०.८ प्रतिशत परिवारले वैदेशिक रोजगार बाहेक अन्य स्रोतबाट प्राप्त आयले घरखर्च चलाउन नपुग्ने र १८.८ प्रतिशत परिवार भने पूर्णतः वैदेशिक रोजगारीमै निर्भर रहेको उल्लेख गरेका छन्। श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण आधाजसो घरपरिवार महिलाको जिम्मामा रहेको पनि सर्वेक्षणले देखाएको छ ।

हाल नेपालमा करिब तीन दर्जन रेमिटेन्स कम्पनी र २८ वाणिज्य बैंकले रेमिटेन्स भिœयाइरहेका छन् । तीमध्ये इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई), प्रभुलगायत कम्पनी बढी रेमिटेन्स भिœयाउनेमा पर्छन्।

औपचारिक रेमिटेन्सको अवसर भने बैंकिङ विस्तारले नै दिएको हो । यसले कामदार, सरकार र वित्तीय संस्था सबैलाई फाइदा भएको छ । कामदारको कमाइ सुरक्षित रुपले परिवारसम्म पुगेको छ । रेमिटेन्स औपचारिक बन्न थालेको डेढ दशकभन्दा बढी भएको छ।

पछिल्लो समय रेमिटेन्स कारोबार पनि बैंकहरुको मुख्य व्यवसायमा पर्न थालेको छ । पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा खोल्ने क्रम बढेसँगै विदेशबाट पठाएको पैसा सिधै बैंकबाट लिन सहज भएको छ । विशेष गरी चाडपर्वमा रेमिटेन्स बढी भित्रिने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ।

असोज र कात्तिकमा दसैं, तिहार, छठ, इद जस्ता ठूला पर्व पर्ने भएकाले त्यो बेला रेमिटेन्स बढ्ने उनीहरुको भनाइ छ । हुन्डीलगायत अनौपचारिक माध्यमबाट भित्रिएको रकम पनि लगभग त्यत्तिकै हाराहारीमा हुने अनुमान गरिन्छ । गैरकानुनी तरिका हुन्डीबाट पैसा पठाउने क्रम भने रोकिएको छैन ।

बढ्दो आयातले अर्थतन्त्र धराशयी बनाइरहेको बेला रेमिटेन्सले विदेशी मुद्रा आर्जनमा ठूलो योगदान दिएको छ।

प्रकाशित: १४ कार्तिक २०७३ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App