१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बेपत्ता हुनेको संख्या ११, खार्पुनाथमा सार्वजनिक बिदा

बेपत्ताको खोजी कार्यमा संलग्न गोताखोर टोली । तस्बिरः जनक/नागरिक

हुम्ला–हुम्लामा भएको जीप दुर्घटनामा बेपत्ता हुनेको संख्या ११ पुगेको छ। यसअघि जीपमा १० जना रहेको भनिएको थियो। जीपमा एक कुक समेत रहेको पुष्टि भएको हुम्ला निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। जीपमा कतिजना सवार थिए भन्ने अझै नखुलिसकेकाले बेपत्ता संख्या बढ्ने सक्ने उनको भनाइ छ। 

बेपत्ता भएकाहरू नभेटिए पनि घटनास्थलभन्दा तीन किलोमिटर तल बोक्चुगौडा नजिकै खार्पुनाथ उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला र चार किलोमिटर तल कारङ खोलामा जीप चालक मणि शाहीको पाइन्ट, जुत्ता र माक्र्स भेटिएको छ। 

यसैबीच कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामा र नेपाली कांग्रेसका जिल्ला सभापति जयपति रोकाया दुर्घटनास्थल पुगेका छन्। मन्त्री रावलले उद्धारमा प्रदेश सरकारका तर्फबाट कुनै पनि कमी हुन नदिने बताए। 

बेपत्ताको खोजीका लागि काठमाडौंको गोताखोर टोली हुम्ला पुगेको छ। मंगलबार सदरमुकाम सिमकोटदेखि खार्पुनाथ गाउँपालिका कार्यालय याङचुबगर जाने क्रममा लु १ ज ७१६६ नम्बरको बलेरो जीप नदीमा खसेको थियो। 

असार १५ मा सार्वजनिक बिदा

खार्पुनाथ गाउँपालिकाको बुधबारको आकस्मिक बैठकले १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने, असार १५ गते शोकसभासहित सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै पालिकाभित्र रहेका सरकारी, गैरसरकारी एवम् विद्यालय बिदा दिने निर्णय गरेको प्रवक्ता भीमराज शाहीले जानकारी दिए।  

प्रकाशित: ५ असार २०७६ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App