१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कार्यकाल दोहो-याउन ट्रम्पद्वारा औपचारिक रूपमा प्रचार अभियान सुरु

मंगलबार फ्लोरिडाको ओल्र्यान्डोमा आफ्नो चुनावी अभियान सुरु गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ठ ट्रम्प। तस्बिर: एपी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन औपचारिक रुपमा प्रचारप्रसार अभियान सुरु गरेका छन्। सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो प्रचारप्रसार अभियान उनले मंगलबार राति फ्लोरिडाको ओल्र्यान्डोबाट सुरु गरेका हुन्।

‘मैले अमेरिकाको राष्ट्रपतिमा अर्को एक पटक निर्वाचित हुनका लागि आजदेखि औपचारिक रूपमा प्रचार अभियान सुरु गरेको छु,’ ओल्र्यान्डोमा आयोजित ¥यालीलाई सम्बोधन गर्दै टम्ले भने। सम्बोधनका क्रममा उनले फ्लोरिडा राज्य आफ्नो ‘दोस्रो घर’ भएको बताउँदै समर्थकहरुलाई अर्को चार वर्षका लागि ‘एक ढिक्का रहन’ आग्रह पनि गरे।

बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै उनले आफू सधैं अमेरिकी जनतालाई प्राथमिकता दिने पक्षमा रहेको जिकिरसमेत गरे। थप चार वर्षको कार्यकालका लागि राष्ट्रपति बन्न खोजेका ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरुको चर्को आलोचना पनि गरेका छन्।

प्रारम्भिक मत सर्वेक्षणले डेमोक्र्याटिकतर्फका सम्भावित उम्मेदवारभन्दा ट्रम्प पछाडि रहेको देखाएकाले उनी आक्रोशित भएको बताइएको छ।सन् २०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति बनेका थिए। फ्लोरिडाको चुनावी -यालीमा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी थिइन्।

प्रकाशित: ५ असार २०७६ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App