१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'माेर्चासँगकाे छलफल सकारात्मक, अाइतबार ४ बजे अाैपचारिक वार्ता'

काठमाडाैं– नेपाली कांग्रेस,  माअाेवादी केन्द्र  र मधेशी माेर्चाबीच शनिबारकाे छलफल सकारात्मक रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले बताएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे उक्त छलफल सहमतिकाे नजिक पुगेकाे पनि सचिवालयकाे दावी छ। 

'संविधानभित्रका विषयहरू सीमांकन, भाषा, नागरिकता र राष्ट्रिय सभालगायतका विषयमा कांग्रेस र मधेसी मोर्चासँगको अनाैपचारिक छलफल सहमति नजिक पुगेको प्रधानमन्त्रीले बताउनु भएकाे छ,' प्रधानमन्त्रका प्रेस सल्लाहाकार गाेविन्द अाचार्यले भने।

उनको अनुसार सरकार र मधेसी मोर्चाबीच अाइतबार ४ बजे औपचारिक वार्ता हुने भएको छ । प्रतिपक्षसँगको सम्बन्ध सकारात्मक बन्दै गएकोले संविधान कार्यान्वयन गर्न अबको बाटो सहज रहेको प्रधानमन्त्रीले भनाइ रहेकाे उनले जानकारी दिए।

संविधानमा रहेकाे विभिन्न व्यवस्थाहरूमाथि असहमति राखेर संशाेधनकाे माग गर्दै अाएकाे मधेशी माेर्चाका नेताहरूसँग प्रधानमन्त्री सहित सत्ताधारी दल कांग्रेस र माअाेवादीका नेताहरूले छलफल गरेका थिए।

 

प्रकाशित: १३ कार्तिक २०७३ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App