१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल–चीन रेलवे चौथो बैठक बिहीबार

बेइजिङ - काठमाडौं–केरुङ रेलमार्गनिर्माणका विषयमा छलफल गर्नभौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको नेतृत्वको टोली चीन आइपुगेको छ। नेपाली टोली सोमबार चीन आएको हो। काठमाडौंबाट छन्दू आएको नेपाली टोली छन्दूबाट चीनको सान्तोङ प्रान्तमा पर्ने पर्यकीय स्थल छिन्तावो पुगेको छ।

छिन्तावोबाट बुधबार अपराह्न नेपाली टोली बेइजिङ आइपुग्नेछ। शुक्रबार चिनियाँ पक्षसँग दुईपक्षीय बैठक बस्ने पूर्वकार्यतालिकामा केही हेरफेर भएर बिहीबार चिनियाँ पक्षसँग बैठक रहेको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशीलकुमार लम्सालले नागरिकलाई बताए।

छिन्तावोमा सचिव कार्कीको नेतृत्वमा रहेको नेपाली टोली चिनियाँ रेलवेसँग सम्बन्धी विविध पक्षको अवलोकन गरेर त्यहाँबाट उच्च गतिको रेलमा चढी बेइजिङ आउन लागेको हो। नेपाली टोलीमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल र प्रवक्ता राजेश्वर ज्ञवाली, रेल विभागका महानिर्देशक बलराम मिश्रा, प्रवक्ता अमन चित्राकार तथा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी छन्।

नेपाल चीन रेलवेसम्बन्धी चौथो बैठकमा भाग लिन सचिव कार्कीको नेतृत्वमा नेपाली टोली चीन आएको हो। गत वर्ष अप्रिलमा बेइजिङमा नेपाल–चीन रेलवेसम्बन्धी दोस्रो बैठक बसेको थियो भने गत डिसेम्बरमा काठमाडौंमा तेस्रो बैठक सम्पन्न भएको थियो। गत अप्रिलमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएको दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्चको घोषणापत्रमा चीन–नेपाल रेलवे कनेक्सनलाई राखेपछि चिनियाँ रेललाई नेपाल जोड्ने विषय तातो बहसका रुपमा आएको छ। गत शुक्रबार ल्हासामा सम्पन्न भएको तिब्बतको विकास मंचमा पनि चिनियाँ रेललाई नेपालमा जोड्ने विषय केन्द्रबिन्दुका रुपमा उठेको थियो।

केरुङ–काठमाडौं रेलवेको पूर्वसम्भाव्यता अध्ययन गरेर चीनले नेपाललाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ। ल्हासाबाट दुई सय ४३ किलोमिटर पश्चिम सिगाच्छे पुगिसकेको चिनियाँ रेललाई त्यहाँबाट पाँच सय २८ किलोमिटर दुरीमा रहेको केरुङ नाका पु¥याउने चिनियाँ कार्ययोजना रहेको छ।

ल्हासामा आयोजित तिब्बत विकास मञ्चमा सन् २०२२ सम्ममा चिनियाँ रेल केरुङ पु¥याउने तिब्बतका अधिकारीहरुले बताएका छन्।बिहीबार आयोजना हुने नेपाल चीन रेलवेसम्बन्धी चौथो बैठकको मुख्य विषय केरुङ–काठमाडौं रेलवेको डिपिआरको मोडालिटी हुने ठानिएको छ।

प्रकाशित: ४ असार २०७६ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App