२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसलाई विष्णु रिमालको प्रश्न: संसदमा प्रधानमन्त्रीले बोल्न पनि नपाउने?

काठमाडौं - प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाली कांग्रेसले संसदमा देखाएको व्यवहार अमर्यादित र अशोभनीय भएको टिप्पणी गरेका छन्। कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित भएपछि ट्वीट गर्दै रिमालले प्रश्न गर्दै भनेका छन्, 'संसदमा प्रधानमन्त्रीले बोल्न नपाउने?

उठेका वा उठाइएका मुद्दाहरूको बारेमा संसदलाई स्पष्ट पार्न नपाउने? नेकॉले संसदमा आज जे गर्यो त्यो हाम्रो संसदीय लोकतन्त्रलाई क्षति पुयाउने अमर्यादित, अशोभनीय र गैरजिम्मेवार ब्यबहार हैन?'

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न रोस्टममा गएका बेला कांग्रेस सांसदहरुले पहिले बोल्न पाउनुपर्ने भन्दै रास्टम घेराउ गरेका थिए। कांग्रेसको अवरोधपछि संसद बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ।

प्रकाशित: ३ असार २०७६ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App