१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले सम्बाेधन गर्न खोज्दा कांग्रेसद्वारा संसदमा अवरोध

संसदमा नारावाजी गर्दै कांग्रेस सांसद। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेपछि बुधबार सम्मको लागि स्थगित भएको छ। संसदमा प्रधानमन्त्रीले सम्बाेधन गर्न रोस्टममा उभिएपछि कांग्रेस सांसदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेका थिए। सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्रधानमन्त्री ज्यूको कुरा सुनौ। शान्त हुनुस् भने पनि कांग्रेस सांसदले विरोध जनाइ रहे। रोस्टममा पुगेका प्रधानमन्त्रीले सम्बाेधन गर्ने अवस्था नभएपछि सभामुख महराले बुधबार सम्मको लागि बैठक स्थगित भएको घोषणा गरे।

संसदको कार्यसूची अनुसार प्रधानमन्त्रीको सम्बोधन शुरूमै तय भएको थियो। तर कांग्रेसले आफ्नो दलको नेताले शुरूमै बोल्न पाउनुपर्ने माग गरेको थियो।

 

प्रकाशित: ३ असार २०७६ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App