१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इङ्ल्यान्डको सहज जित हात पार्ने लक्ष्य

म्यनचेस्टर – विश्वकप क्रिकेटअन्तर्गत मंगलबार अफगानिस्तानको सामना गर्दा घरेलु टोली इङ्ल्यान्ड सहज जितका साथ शीर्ष ४ मा बस्दै अघिल्लो चरण प्रवेशका लागि एक कदम अघि बढ्ने लक्ष्यमा हुनेछ ।

जारी प्रतियोगितमा इङ्ल्यान्ड ४ खेलमा ३ जित र १ हारपछि ६ अंकका साथ तेस्रो स्थानमा छ । उद्घाटन खेलमा प्रतियोगिताको दाबेदार मानिएको दक्षिण अफ्रिकालाई हराएको इङ्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग निराश भएको थियो । टोलीले तेस्रो र चौथो खेलमा क्रमश बंगलादेश र वेस्ट इन्डिजलाई हराउँदै शीर्ष ४ मा आफूलाई बलियो दाबेदारका रूपमा उभ्याएको थियो ।

जारी प्रतियोगितामा इङ्ल्यान्डका ओपनर जसन रोय, जो रुट र जस बट्लर गरी ३ खेलाडीले शतक पूरा गरिसकेका छन् । त्यसमध्ये रुटले पाकिस्तान र वेस्ट इन्डिजविरुद्ध गरी २ शतक पूरा गर्दा बट्लरले पाकिस्तान र रोयले बंगलादेशविरुद्ध शतक पूरा गरेका थिए । तर चोटका कारण ओपनर रोयले अफगानिस्तानविरुद्धको खेल भने गुमाउने भएका छन् । रोय वेस्ट इन्डिजविरुद्धको पछिल्लो  खेलमा फिल्डिङका क्रममा घाइते भएका थिए ।

उक्त खेलमा रोय घाइते भएपछि तीन नम्बरबाट ओपनरको रूपमा ब्याटिङका लागि आएका रुटले शतक प्रहार गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । मंगलबार अफगानिस्तानविरुद्ध जेम्स भिन्सेले ओपनर जोनी बेयरस्टोलाई साथ दिने सम्भावना छ । रोयले तीन इनिङमा ७१.६६ को औसतमा कुल २ सय १५ रन जोडेका छन् । उनले बंगलादेशविरुद्ध १ सय ५३ रन प्रहार गरेका थिए ।

त्यस्तै ढाडको समस्याका कारण वेस्ट इन्डिजविरुद्धको खेलमा अनुपस्थित रहेका नियमित कप्तान इयोन मोर्गान फिट भइसके पनि उनले खेल्ने वा नखेल्नेबारेमा भने खेलअघि मात्र निर्णय गरिने इङ्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । विश्वकपअघिको अभ्यास खेलमा पनि यी दुई टोली भिडेका थिए, जहाँ इङल्यान्डले अफगानिस्तानको चुनौती ९ विकेटले समाप्त पारेको थियो ।

यता लगातार ४ खेल गुमाइसकेको अफगानिस्तानलाई पनि प्रतियोगितको अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न इङ्ल्यान्डविरुद्ध जित अपरिहार्र्य छ । पहिलो खेलमा अस्ट्रेलियालाई नतिजा सुम्पिएको अफगानिस्तान दोस्रो खेलमा श्रीलंका, तेस्रो खेलमा न्युजिल्यान्ड र चौथो खेलमा दक्षिण अफ्रिकासँग निराश भएको थियो ।

अफगानिस्तानका ओपनरले केही सुखद सुरुआतको संकेत गरे पनि मध्यक्रमका ब्याट्सम्यानले सोचेअनुरूप प्रदर्शन गर्न नसक्दा टोलीको इनिङ धराशयी बन्दै आएको छ । यस क्रममा टोलीले पछिल्लो खेलमा दक्षिण अफ्रिकाविरुद्ध गतिलो सुरुआतका बावजुद ६९ रन जोड्दा अन्तिम ८ विकेट गुमाएको थियो ।

 

 

 

प्रकाशित: ३ असार २०७६ ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App