१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

तस्बिरः एजेन्सी

बिहार– भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिल कुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ जना बालबालिकाको मृत्यु भएको छ। मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ जना बालबालिकाको मृत्यु भएको छ। इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने बिहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरिसकेका छन्।

मुख्यमन्त्री नितिश कुमारले रोग विरुद्ध लड्न सबै स्वास्थ्य निकायहरुलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश गरेका छन्। इन्सेफलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षाघात समेत हुने गर्दछ।रासस

प्रकाशित: २ असार २०७६ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App