१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

जागरण अभियान र कांग्रेस

सात दशक पुरानो, २०७४ सालकोतीन तहको चुनावअघिसम्म सबभन्दा ठूलो र सबभन्दा लोकप्रियदल थियो नेपाली कांग्रेस। जसले प्रजातन्त्र ल्याउन तथा पुनस्र्थापित गर्नसबभन्दा धेरै आन्दोलन, त्याग र बलिदान गरेकोथियो। गौरवमय इतिहास र बिपी कोइराला जस्ता नेताको विरासतबोकेको, व्यापक जनाधार र केही हदसम्म सुरक्षित मताधारभएको, मध्यमार्गी राजनीतिक धारको ‘स्पेस’माएकलौटी गरिरहेकोऊ तर यतिखेर ख्याउटे प्रतिपक्षीमा सीमित छ।यसो हुनुको इमानदार आत्मसमीक्षा गरेरसंस्थागत, संरचनागत, नेतृत्वगत, नीतिगत र संगठनात्मक हरकुरामा निर्ममसुधार नगरेऊअझै टाक्सिँंदै जानेछ। पहिलो चरणको कार्यक्रम भर्खरै सकिएको उसको राष्ट्रिय जागरण अभियानका ‘फिडब्याक’ हरूले पनि यहीभन्छन्।

संगठन, नेतृत्व र कार्यकर्ताः सबै उस्तै
प्रमुख प्रतिस्पर्धी दल नेकपाको पूर्वएमाले घटककोतुलनामा कांग्रेसको संगठन र कार्यकर्ता सुस्तर अव्यवस्थितत छंँदैथिए।नेताहरूका बेमेल र गुटगत स्वार्थले गरेरवर्षौँ भइसक्योसंगठन अपुरो पनि छ। विभागहरूलेपूर्णता पाउन नसकेको धेरै भयो।नेविसंघलगायतका महत्वपूर्ण भातृ संगठनहरू अधिवेशन हुनै नसकेर ठप्प छन्। पूर्वएमालेका कार्यकर्ता जसरीसमाज बुभ्mने, अध्ययन/अनुसन्धान गर्ने, मेहनत गर्ने र व्यवस्थित काम गर्ने बनाउन कार्यकर्तालाई व्यापक प्रशिक्षण र उत्प्रेरणाले युक्त गरी परिचालन गर्नु साटो नेतृत्व वर्गले उनीहरूलाई आआप्mना गुटमा विभक्त हुन बाध्य पारेका छन्।

कांग्रेसको यो स्थितिका लागि आजका मितिमा जीवितमध्ये सर्वाधिक जिम्मेवार पार्टी सभापति शेरबहादुर देउवा नै हुन्। तर उनी न आत्मसमीक्षा गर्न तयार छन् न कुनै सुधार गर्न। उनकासमवयीहरूमध्ये तुलनात्मकरूपमा सच्चा (सिन्सियर) र अवसर पनि कम पाएका रामचन्द्र पौडेल,त्यस्तै कोइराला परिवारका वंशजनेतागण वानेतृत्व तहमा रहेका अरु, कसैमापनि नयाँ सोच, नयाँ नीति र नयाँ नाराका साथ पार्टीलाई पुरानै हैसियतमा फर्काउन सक्ने करिश्मा, कौशल, र कुशाग्रता छ न ‘भिजन’, ऊर्जा र बौद्धिकता। केही युवा, जस्तोकि गगन थापा आशलाग्दा जरुर छन्। तर उनीहरू यीवरिष्ठ,‘सिन्डिकेटेड’वा ‘राजकुमार’ नेतृत्व वर्गलाई पछि पारेर महाधिवेशनबाट नेतृत्वमा चुनिनअसम्भवै नभए पनि अत्यन्त गाह्रो छ।

जागरण अभियानः उद्देश्य र अन्तर्य
हो,पार्टीको संशोधित विधान,नीति एवं कार्यक्रम सम्बन्धमा पार्टीको तल्लो तहसम्मलाई सुशिक्षित गराउने,सरकारका स्वेच्छाचारी काम एवंगल्तीको सशक्त विरोध गर्ने, पार्टीकोसुदृढीकरणका निम्ति आन्तरिक एकता बढाउने, कांग्रेसले अहिलेसम्म गरेका राम्रा कामबारे कार्यकर्तालाई प्रशिक्षित गर्ने जागरण अभियानको घोषित उद्देश्य राम्रा थिए। तर अभियानको खास अन्तर्यचाहिँआगामी महाधिवेशनलाई पर सार्नु हो भन्ने शंकाकांग्रेस वृत्तमै व्यापक छ।त्योबाहेक, केन्द्रबाट खटिएका कतिपय नेताले चाहिँअभियानका क्रममा हुने भेटघाट र कार्यक्रमलाई आआफ्ना गुट बलियो बनाउनेप्रयोजनमा प्रयोग गरेको पनि व्यापकैसुनियो।

जतिपटक यस्ता अभियान चलाए पनि अहिलेकै नेतृत्व वर्ग रहुन्जेल कांग्रेसले साँढे २ वर्षपछि हुने स्थानीय निर्वाचन र साँढे ३ वर्षपछि हुने संघीय निर्वाचनमा जित्ने सम्भावना कमै छ।

वास्तवमायोजना, तयारी, गृहकार्य, सामूहिक जिम्मेवारी बहन जस्ता व्यवस्थापकीय कौशलमा सदैव कमजोर कांग्रेसका उच्च नेतृत्व तहमा अभियान कसरी सञ्चालन गर्ने भन्ने विषयमासतही छलफल भएपनिगम्भीर छलफल भएको थिएन। अभियान सफल पार्नुपर्नेविभिन्न तहलाईदेश संघीय ढाँचामा गएको यतिका भइसक्दा पनि सोबमोजिम पुनर्संरचना गरिएकै छैन। वडा, गाउँपालिका, नगरपालिका र प्रदेशहरू अनुसार पार्टी संरचना बनेकै छैनन्। गाउँपालिका नेतृत्वबिहीन छन्। पार्टीको नयाँ विधानअनुसार १ सय ६५ बनाउनुपर्ने क्षेत्रीय सभापति उही पुरानै २ सय ४० छन्। जो कतिपय क्षेत्रमा खप्टिएर दुई–दुईवटा भई बसेका छन्।

अभियान सञ्चालनमा यसले पनि अन्योल र समस्या उत्पन्न गरायो।
हो, अभियानले सधैँ काठमाडौँमैरमाउने नेताहरूलाईस्थानीय तहका कार्यकर्तासम्म पुग्न बाध्य पा¥यो। यसले कार्यकर्तामा केही ऊर्जा र आशा सञ्चार गरायो। प्रतिनिधिहरूले कार्यकर्ता हुँंदै जनतासँग पनि दोहोरो संवाद गर्न पाए। तर कतिपयले निर्धारित अवधि एक महिना नबसी अभियानको उद्घाटनपछि जिल्ला समिति बैठकमा उपस्थित भएर एकफेर निर्देशन दिएपछिवा केही दिनपछि काठमाडौँ‘टाप कसेका’ गुनासो पनि आएका छन्।आगामी भदौ २४ र पुस७ गतेदेखि चल्ने दोस्रो र तेस्रो चरणको अभियानमा यस्तो नहोस्। जताजतैका कार्यकर्ताले केन्द्रीय प्रतिनिधिसमक्षएउटैखालकासुझाव र गुनासो पोखे– गुटबन्दी अन्त्य गर। विभागहरूलाई पूर्णता देऊ। भातृ संगठनहरूको अधिवेशन छिटो गर र नयाँ कार्यसमिति बनाऊ।

सांगठनिक सुधारका काम तुरुन्त थाल।स्थानीय तहको सिफारिसका आधारमा नभई भागबन्डा र गुटबन्दीका आधारमा केन्द्रीय नेताहरूले आआफ्ना निकटस्थलाई टिकट दिएका हुँदा नै चुनावमा हार भएको हो। यस्तोमाकांग्रेसका उमेदवारलाई कांग्रेसीले नै हराएका हुन्, विरोधीले होइन। अब प्रश्न,यीफिडब्याकलाईमनन र मन्थन गरेरसुधार गर्ने नेतृत्व र सांगठनिक संरचना छ त कांग्रेसमा? टिकट नपाउनुपर्नेले टिकट पाएको दोष सकार्ने र सुधार्र्ने, अनि पाउनैपर्नेले पाउँदा पनि अन्तर्घात गर्नेलाई आफ्नो गुटको नभनीकन कारबाही गर्ने/गराउने आँट अहिलेको नेतृत्व वर्गले देखाउन सक्छ?यदि सक्दैन भने अभियान सञ्चालनको सार्थकता के?

पटके अभियान होइन,महाधिवेशन
जतिपटक यस्ता अभियान चलाए पनि अहिलेकै नेतृत्व वर्ग रहुन्जेल कांग्रेसलेसाँढे २ वर्षपछि हुने स्थानीय निर्वाचन र साँढे ३ वर्षपछि हुने संघीय निर्वाचनमा जित्ने सम्भावना कमै छ।आज सरकार विरोधी जनमत बढ्दै गएको अवस्थामा पनि कांग्रेसको नेतृत्वप्रति जनस्तरमै बिराग रहेको हुंँदा जागरण अभियानले सरकारका गलत क्रियाकलापविरुद्घ आमजनताको सहभागिता जुटाउन सकेन। तसर्थ यथाशक्य छिटो महाधिवेशन गरेर सक्षमको हातमा नेतृत्वसुम्पनुमै मात्र अब कांग्रेसको कल्याण छ। आगामी फागुन मसान्तसम्ममा पार्टीका सबै तहको पदावधि समाप्त हुने हुँंदा विधानबमोजिम त अब कांग्रेसको महाधिवेशन अनिवार्य छ नै। त्योभन्दा अगाडि अहिलेकासबै तहविघटन गरेरनयाँ विधान र संघीय ढाँचाअनुसार उनीहरूको पुनर्संरचना गर्ने रउनीहरूको अधिवेशन गराएर त्यसैबाट स्थानीय नेतृत्व चुन्नुपर्ने आवश्यकता पनि छ। लोकतान्त्रिक पार्टीमा केन्द्रबाट त्यो थोपरिनु हुन्न।तह÷तहका अधिवेशन गनुपर्ने हुंँदा फागुनमा महाधिवेशन गर्न त्यसै पनि नभ्याउने स्थिति छ।

आज सरकार विरोधी जनमत बढ्दै गएको अवस्थामा पनि कांग्रेसको नेतृत्वप्रति जनस्तरमै बिराग रहेको हुंँदा जागरण अभियानले सरकारका गलत क्रियाकलापविरुद्घ आमजनताको सहभागिता जुटाउन सकेन। तसर्थ यथाशक्य छिटो महाधिवेशन गरेर सक्षमको हातमा नेतृत्व सुम्पनुमै मात्र अब कांग्रेसको कल्याण छ।

त्यस्तै, महाधिवेशनमा भाग लिने क्रियाशील सदस्यहरूलाई सदस्यता वितरण वा नवीकरण गर्नेलगायतका पूर्वतयारी पनि फागुनसम्ममा सम्पन्न हुन कठिन देखिन्छ। क्रियाशील सदस्यता वितरणमा हाल विद्यमान त्रुटि हटाई सुधार गर्ने, त्यसलाई खुला गर्नेजस्ता सुधारको कुरामा त नेतृत्व वर्गको रुचि नै छैन।यी विविध कुरालाई निहुँबनाएर हुँंदै नभएको विशेष परिस्थिति छ भनेर महाधिवेशन सार्दै जाने र पदावधि लम्ब्याउने दाउमा मूल नेतृत्व रहेको कांग्रेस वृत्तमा व्यापक गाइँगुइँछ। वास्तवमा नराम्रो चुनावपछि तुरुन्तै हारको समीक्षा गर्दै नेतृत्वबाट अवकाश लिएर आफू अभिभावकको भूमिकामा बस्ने निर्णय मूल नेतृत्वले गर्नुपथ्र्यो। त्यसो त गरिएन गरिएन, नियमित महाधिवेशन पनि सार्दै लाने हो भने त त्यसले पार्टीकहिल्यै उभो लाग्ने छैन।

नीति र नाराः नयाँ सोचको खाँचो
विगतकेही चुनावका मतदानकोविश्लेषण गर्दा मतदाता नामावलीमा प्रत्येकपटक थपिने नयाँ अर्थात युवा मतदाताको प्रतिशतभन्दा कम प्रतिशत मत त्यो समूहबाट कांग्रेसलाई प्राप्त भएको देखिन्छ।कांग्रेसको प्रचार यन्त्र कमजोर भएरमात्र यस्तो भएको होइन।देशको जनसंख्यामा कांग्रेसको गौरवमय इतिहास नदेखेका र नभोगेका युवाहरूको हिस्सा निरन्तर बढ्दैछर बढिरहनेछ। ती युवाका आवश्यकता, प्राथमिकता र सरोकार, कांग्रेसजनका प्रिय तर पुरानै कथ्यराष्ट्रियता, प्रजातन्त्र, समाजवादवाकांग्रेसको गौरवमय इतिहासभन्दा परका कुरामा छ। उदाहरणका लागि शिक्षा, रोजगार। उनीहरूका मात्र होइन, आज वृद्ध पुस्ताकै पनि चाहना फरक भइसकेका छन। जस्तै– सुरक्षित वृद्धावस्था, सामाजिक सुरक्षण, स्वास्थ्योपचार। तिनलाईसम्बोधन गर्ने नीति, कार्यक्रम र तिनलाई आकर्षित गर्ने नारा खोइ कांग्रेससँग?यो एउटा उदाहरणमात्र हो, यस्ता धेरै छन्।

अर्कोतिर गणतन्त्रदेखि धर्म निरपेक्षता र संघीयता जस्ता‘ट्रयाप’ मा हामी फसेछौँ, अब तिनबाट निस्कनुप¥यो भन्ने ठूलो समूह आज कांग्रेसभित्र र बाहिर पनि बढ्दो छ। यो समूहयी विषयमा जनमत संग्रह होस् भन्ने चाहन्छ। तर यो मामला त्यति सजिलो छैन, पेचिलो र संवेदनशील छ। यी अजेन्डा समाविष्ट संविधान बनाउने खेलमा देशभित्रका माओवादी, क्षेत्रीयतावादी,जातिवादीदेखि विदेशी शक्तिमात्र एक भएका थिएनन्।आफ्नो महत्वाकांक्षाका लागि कांग्रेसकासभापति गिरिजाबाबुसमेत सहमत भएका थिए। त्यसबेला कोही कांगे्रसीले केही बोलेन, पार्टीका पूर्वसभापति कृष्णप्रसाद भट्टराईले बोल्दा र विरोधमा पार्टी नै छाडेर हिँड्दासमेत। तर अब कांग्रेसले चाहेरमात्र ती प्रबन्धहरूबाट फर्कन अत्यन्त गाह्रो छ।

‘फर्कने’ संस्थागत निर्णय नै महाधिवेशनबाट गरे पनि कांग्रेसले त्यसको ठूलो मूल्य चुकाउनुपर्नेछ। जस्तो किजनमतकै कुरा गर्दा पनि संघीयताको विपक्षमा राष्ट्रव्यापीरूपमा ठूलो जनमत भएजस्तै मधेसीजनमतको ठूलो हिस्सार केही हदसम्म जनजातिजनमत पनिसंघीयताको दरो समर्थनमा छ। यसरी यी कुरामा जनमत तीव्ररूपले विभाजित छ। संघीयताबाट फर्कन खोज्दा कांग्रेसले मधेसको बचे÷खुचेको मताधार गुमाउने डरमात्र होइन, मधेसै टुक्रिएर जानसक्ने डरछ। धर्म निरपेक्षताबाट हिन्दु राष्ट्रमा फर्कने कुरामा पहाडी खस–आर्य र मधेसी हिन्दु समुदायबाट स्वागत हुनसक्नेछ तर धर्मान्तरण गरी क्रिस्चियन बनेका जनजातिर पहाडी दलितहरूबाट ठूलो विरोध हुनेछ। गणतन्त्रबाट फर्कने कुरा त, कमसेकम अहिलेलाई, गुण–दोषका आधारमा स्थापित हुनै गाह्रो छ।

अतः यी र यस्ता विषयमा हुने तात्ताता बहसलाई केही वर्ष थिग्रन र चिसिन दिँंदै कार्यकर्ता र जनताका भावनाको कदर गर्नेगरी सन्तुलनको भूमिकामा रहनु कांग्रेसका लागि बुद्धिमानी ठहर्नेछ। आखिर आफ्नो कुनै अतिवादी अजेन्डा नभएको र मध्यमार्गी धार बोकेको दललाई नै हो यस्ता अजेन्डामा लचक हुने सुविधा हुने।

प्रकाशित: २ असार २०७६ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App