१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

थोमसको आशालाग्दो प्रदर्शन

इङ्ल्यान्ड – वेस्ट इन्डिजले पाकिस्तानमाथि रोमाञ्चक जितसहित विश्वकपको सुरुआत गरे पनि त्यसपछि भने सो किसिमको प्रदर्शन दोहो¥याउन सकेन। उसका सबैजसो खेलाडीको प्रदर्शन खासै राम्रो बन्न सकेन।

यद्यपि, युवा बलर ओसाना थोमसले भने केही आशालाग्दो प्रदर्शन गरिरहेका छन्। उनले जारी विश्वकपमा ४ खेलमा ६ विकेट लिएका छन्। उनले लिएको विकेट वेस्ट इन्डिजका लागि सबैभन्दा सफल बलिङ हो। उनीपछि सेल्डन कोटरेलले ५ विकेट लिएका छन्। वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध २ सय १८ बलअगावै ७ विकेटको जित दर्ता गर्दा उनले ४ विकेट लिएका थिए।

५.४ ओभर बलिङ गरेका थोमसले किफायती बलिङ गर्दै २७ रन मात्र खर्चिएका थिए। दोस्रो खेलमा पनि थोमसले २ विकेट लिए। उक्त खेलमा १० ओभर नै बलिङ गरेका थोमस केही महंगा साबित हुँदा ६३ रन खर्चिएका थिए। दक्षिण अफ्रिकाविरुद्धको खेल भने वर्षाका कारण हुन सकेन। इङ्ल्यान्डसँगको खेलमा पनि बलिङ गरेका थोमस पुनः महंगा साबित भए।

उक्त खेलमा उनले ६ ओभर बलिङ गर्दै ४३ रन खर्चिएका थिए। सन् २०१८ को अक्टोबरमा भारतविरुद्धको खेलबाट डेब्यु गरेका थोमसले त्यसयता १३ एकदिवसीय खेल मात्र खेल्न पाएका छन्। ब्याटिङतर्पm हालसम्म खाता खोल्न असफल थोमसले बलिङतर्पm भने २१ विकेट लिइसकेका छन्। त्यस क्रममा उनको उत्कृष्ट प्रदर्शन ५ विकेटमा २१ रन हो। २२ वर्षे थोमसले छोटो समयमै विश्वकप खेल्ने अवसर पाउँदा आफूलाई प्रमाणित गरिरहेका छन्। अझै पनि उनीसँग कयौं अवसर छ। थोमस फितलो रहेको वेस्ट इन्डिजको प्रदर्शनलाई उचो स्थानमा लाने क्षमता राख्दछन्। बंगलादेशका ब्याट्सम्यानले पनि युवा बलर थोमसको बलिङमा सजग भएर खेल्नेछन्। उनी पनि बंगलादेशको ओपनिङ ब्याट्सम्यानलाई जतिसक्दो चाँडो आउट गर्दै आफ्नो टोलीलाई जिततर्पm अग्रसर गराउन चाहन्छन्।

प्रकाशित: २ असार २०७६ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App