१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बल प्रयोग गरि खाली गराइयो व्यपारिक मार्गको भौतिक संरचना

बारा - निर्माणधीन वीरगन्ज–पथलैया ६ लेन व्यापारिक मार्गमा पर्ने स्थानीयहरुको घर, टहराहरुलाई बल प्रयोग गरि खाली गराइएको छ। दुई बर्ष देखि सडक क्षेत्रमा पर्ने घर, टहराहरुलाई खाली गराउन भन्दा स्थानीयहरुले आलटाल गर्दै आए पछि बाध्य भएर सुरक्षाकर्मीहरुको सहयोग घर, टहराहरुलाई खाली गराईएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले वीरगन्ज–पथलैयाका व्यपारीक मार्ग बिस्तार गर्ने क्रममा सविकको सडकको मध्य भाग देखि दायाँ बायाँ २५/२५ मिटरमा पर्ने भौतिक संरचना खाली गराउने क्रममा सुरक्षाकर्मी परिचालन गर्नु परेको बताए।

व्यापारिक मार्ग बिस्तार आयोजना वीरगन्ज–पथलैयाका कार्यालयले पटक पटक सडक क्षेत्रमा पर्ने भौतिक संरचना खाली गराउन सार्वजनिक सूचना निकाल्दा पनि जितपुर र परवानी पुरका स्थानीयहरुले अटेरी गर्दै आएको प्रजिय पौडेलले बताए।

स्थानीयहरुले गर्दै आएको अटेरीले आयोजनाको निर्माण कार्य नै अनिश्चित बने पछि बाध्य भएर सुरक्षाकर्मीहरुको सहयोगमा स्काभेटर प्रयोग गरि अटेरी गर्नेको घर र टहराहरु हटाउन शुरु गरिएको उनले बताए। आर्थिक बर्ष २०७२/७३ असार ३१ गते दुई बर्ष भित्रमा वीरगन्ज– पथलैया ६ लेनको व्यापारिक मार्ग निर्माण गर्नको लागि बिभिन्न निर्माण कम्पनीहरुले भ्याट र कन्टेन्सी बाहेक लगभग तीन अर्व १२ करोड ४१ लाखमा ठेक्का स्कार गरेर निर्माण शुरु गरेका आयोनाका अधिकारीहरुले जनाएका छन्।

बिभिन्न निर्माण कम्पनीहरुले गरेको सम्झौता अनुसार आर्थिक बर्ष २०७४/७५को असार महिना भित्रमा व्यापारिक मार्गको निर्माण कार्य सम्पन्न हुनु पर्नेमा तीन बर्ष बितिसक्दा पनि बिभिन्न अवरोधले आधा मात्र भएको व्यापारिक मार्ग बिस्तार आयोजना वीरगन्ज–पथलैयाकाका प्रमुख संजय मिश्राले बताए।‘साविक अवस्थामा रहेको २ लेनको सडक खण्डको मध्य भागबाट दायाँ २५ मिटर र बायाँ २५ मिटर बिस्तार गरी ५० मिटरको ६ लेनको सडक निर्माण भई रहेको छ,ु आयोजना प्रमुख मिश्राले भने, ‘ २ लेनको सडकलाई एकै चोटी ६ लेनमा बिस्तार गर्दा धेरै स्थानीयहरुको घरहरु सडकमा नै परेको अवस्था रहेको थियो।

सडकमा घर पर्ने सिमराका धेरै घर धनीहरुलाई भौतिक संरचना हटाउनको लागि मेसिनरी समाग्री तथा मजदुरहरुलाई दिए पछि उनीहरुले आ-आफ्नो सडकमा पर्ने घर र भौतिक संरचना हटाएर पनि जितपुर र परवानीपुरमा हटाउन स्थानीयहरु पटक पटक समय माग्दै आएको दावी उनले गरे। सडक क्षेत्रमा पर्ने घर, टहराहरुलाई खाली नगराइएको बहानमा निर्माण कम्पनीहरुले दुई वर्षमा सक्नुपर्ने वीरगन्ज–पथलैया ६ लेन व्यापारिक मार्गको निर्माण तीन वर्षमा आधामात्र गरेको अवस्था रहेको आयोजनाका अधिकारीहरुले जनाएका छन्।

घर, टहराहरु भत्काइए पछि २०७७ को असार मसान्त सम्ममा सडकको निर्माण कार्य पुरा गर्ने गरि निर्माण कार्य अगाडि बढाइने मिश्राले दावी गरे।सरकारले वीरगन्ज–पथलैया सडक खण्डमा हुने ट्राफिक जाम कम गरी व्यापारलाई सहजीकरणमा सहयोग पु–याउने उद्देश्यले २६ किलोमिटर लामो ६ लेनको यो मार्गको निर्माण शुरु थियो।

सडक खण्डको भौतिक संरचना खाली नगराईएको कारणले तोकिएको समयमा आयोजना सम्पन्न नहुने भए पछि सुरुमा ६/६ महिनाको गरि म्याद थप गरिदै आयोजनाका ईन्जिनियर अशोक यादवले बताए। जितपुर बजार क्षेत्रको १३ सय मिटरमा रहेको दुई सय १५ वटा घर र परवानीपुर क्षेत्रको १५ सय मिटर क्षेत्रमा रहेको १०० वटा घरहरु खाली गराइएको यादवले बताए।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथलैया देखि दक्षिण त्रिभुवन राजपथको परवानीपुरसम्म लगभग १६किलो मिटरको एउटा खण्ड र परवानीपुर देखि सिर्सियाको सुक्का बन्दरगाहसम्म लगभग १० किलो मिटरसम्मको अर्का खण्ड गरी दुई खण्डमा सडकको निर्माण कार्यलाई अगाडि छ।

पथलैया देखि परवानीपुरसम्म लगभग १६किलो मिटरको सडक खण्डलाई ए एम आर÷ कन्टेक जेभी, शर्मा ÷यूनाईटेड बिल्डर्स जेभी, र ए एम आर/कन्टेक जेभीले तीन खण्डमा गरी लगभग एक अर्व ८१ करोड २६ लाखमा ठेक्का स्कार गरी निर्माण कार्य शुरु गरेका छन्।

त्यसै गरि परवानीपुर देखि सिर्सियाको सुक्का बन्दरगाहसम्म लगभग १० किलो मिटरसम्म सडक खण्डलाई ए एम आर÷पप्पु कन्टेक जेभी वीरगन्ज,श्रेष्ठ÷बिरुवा÷एपेक्स जेभी हेटौंडा र पाप्पु/लुुम्बनी जेभी वीरगन्जले खण्ड खण्ड गरी एक अर्ब ३१ करोड १५ लाखमा ठेक्का स्कार गरी निर्माण कार्य अगाडि बढाएको छन्।

 

व्यपारिक मार्गमा रहेका जितपुरको स्थानीयहरुको घर बल प्रयोग गरि स्काभेटरबाट भत्काउँदै।

२ व्यपारिक मार्गमा पर्ने जितपुरसिमरा उपमहानगरपालिकको भवन भत्काउँदै स्काभेटर

प्रकाशित: २ असार २०७६ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App