१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रौतहटमा बढ्यो सर्पदंशका घटना

रौतहट– गर्मी अत्याधिक बढेपछि रौतहटमा सर्पदंशको घटनामा वृद्धि भएको छ। गत दुई महिनामा पाँच सयजना बढीले जिल्ला अस्पताल गौरमा उपचार गराएका थिए। जसले जिल्लामा सर्पदंशको घटनामा वृद्धि भएको देखिएको हो।

अत्यधिक गर्मीले गर्दा विभिन्न किसिमका सर्प पानी र जमीन भित्रबाट निस्किएकाले सर्पदंशको घटना बढेको हो। रौतहटमा मुख्य गरी गोमन र करेतलगायतका  विषालु सर्पको टोकाइबाट उपचारका लागि आउन गरेको गौर अस्पतालका जनस्वास्थ्य प्रमुख प्रमोद राय यादवले बताएका छन्।

गत वैसाखमा दुई सयभन्दा बढी र जेठ महिनामा तीन सय जनाभन्दा बढी मानिसलाई सर्पले टोकेर अस्पतालमा उपचारको लागि ल्याएको अस्पतालले जनाएको छ। जिल्ला अस्पतालमा एन्टि स्नेक भेनम औषधी पर्याप्त मात्रामा रहेको हुँदा उपचार गर्नमा कुनै अप्ठ्यारो नभएको जनस्वास्थ्य अधिकृत यादव बताए। उनका अनुसार स्थानीयहरु सचेत भएका कारणबाट सर्पदंश पछि समयमै अस्पतालमा आएर उपचार गराएको कारण कुनै मानवीय क्षति नभएको बताएका छन्।

अँध्यारो तथा सफाइ नभएको ठाउँमा सर्प लुकेर बस्ने भएकाले राति हिँड्नु पर्दा टर्च लाइट बालेर हिँड्न उपयुक्त हुने र फोहोर तथा घाँसपात बढी भएको ठाउँमा सचेतनापूर्वक हिँड्नुपर्ने सुझाव जनस्वास्थ्य प्रमुख यादवको रहेको छ।

प्रकाशित: १ असार २०७६ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App