१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोहलीसामु इतिहास कोर्ने अवसर

म्यानचेस्टर–चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार इङ्ल्यान्डमा जारी विश्वकपमा आमनेसामने हुँदा भारतीय कप्तान विराट कोहलीसामु इतिहास कोर्ने सुनौलो अवसर हुनेछ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई जितहारको नतिजामा मात्र नभई दुई देशबीचको प्रतिष्ठाको लडाइँका रूपमा हेरिने गरिन्छ।
२००८ मा मुम्बईमा भएको आतंककारी हमलामा पाकिस्तानको हात भएको भन्दै भारतले त्यसयता पाकिस्तानविरुद्ध कुनै पनि शृंखला खेल्न अस्वीकार गर्दै आएको छ।

यसै वर्षको सुरुआतमा भारत–पाकिस्तानबीचको सम्बन्धमा चिसोपना आएसँगै केही पूर्वक्रिकेटर र समर्थकले विश्वकप क्रिकेटअन्तर्गत ओल्ड ट्राफोर्डमा हुने खेल बहिष्कार गर्नुपर्ने आवाज उठाएका थिए।

भारतले फेब्रुअरीमा कास्मिरमा भएको आत्मघाती बम हमलामा पाकिस्तानको हात रहेको अरोप लगाएपछि यी दुई राष्ट्रबीचको विवाद सतहमा पुगेको थियो। त्यस क्रममा आफ्ना ४० सैनिक मारिएको दाबी भारतले गरेको थियो। त्यसपछि दुई राष्ट्रले एकअर्काविरुद्ध हवाई हमला गरेका थिए।

विश्वकप क्रिकेटमा हालसम्म पाकिस्तान र भारत ६ पटक आमनेसामने भएका छन्। सबै खेलमा भारतले सुखद नतिजा ल्याएको छ। कोहलीसामु सातौं विश्वकप भिडन्तमा पाकिस्तानमाथिको जितको लयलाई निरन्तरता दिने सुुनौलो अवसर हुनेछ।

भाारतले पछिल्लो पटक गत वर्ष युएईमा भएको एसिया कपमा पाकिस्तानलाई हराएको थियो। पाकिस्तानले भने २०१७ मा इङ्ल्यान्डमा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो।

कोहलीको कप्तानीमा रहेको भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई र दोस्रो खेलमा साबिकको विजेता अस्ट्रेलियालाई हराएको थियो। न्युजिल्यान्डविरुद्धको तेस्रो खेल वर्षाले रद्द भएको थियो। भारत न्युजिल्यान्डसँगै जारी प्रतियोगिताको अपराजित टोली हो।

यता ४ खेलमा एक खेल मात्र जितेको पाकिस्तानी टोलीसामु विश्वकप क्रिकेटमा भारतविरुद्ध हारको शृंखलामा पूर्णविराम लगाउने सुनौलो अवसर हुनेछ।

पहिलो खेलमा वेस्ट इन्डिजसँग निराश भएको पाकिस्तानले दोस्रो खेलमा इङ्ल्यान्डलाई हराएको थियो। श्रीलंकाविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो। पाकिस्तानले चौथो खेलमा अस्ट्रेलियालाई नतिजा सुम्पिएको थियो। त्यसैले शीर्ष ४ मा बस्दै अघिल्लो चरण प्रवेश गर्न पाकिस्तानसामु भारतविरुद्ध जितको विकल्प छैन।

पाकिस्तानका कप्तान सरफराज अहमदले पछिल्लो खेलमा टोलीले गरेको गल्तीबाट पाठ सिकेको भन्दै भारतलाई कडा चुनौती दिने प्रतिक्रिया दिए।

भारत प्रतियोगिताकै दाबेदार टोलीमध्येको एक हो,’ अहमदले भने, ‘भारत–पाकिस्तान भिडन्तलाई खेलका रूपमा भन्दा पनि प्रतिष्ठाको लडाइँसँग जोडिन्छ र हामी त्यो प्रतिष्ठा जोगाउन सक्षम छौं।’

भारत–पाकिस्तानले एकआपसमा हालसम्म १ सय ३१ एकदिवसीय खेल खेलेका छन्। त्यस क्रममा पाकिस्तानले ७४ एकदिवसीय खेल जित्दा भारतको पक्षमा भने ५६ खेलको नतिजा आएको छ।

४ खेलमा एक खेल मात्र जितेको पाकिस्तानी टोलीसामु विश्वकप क्रिकेटमा भारतविरुद्ध हारको शृंखलामा पूर्णविराम लगाउने सुनौलो अवसर हुनेछ।

प्रकाशित: १ असार २०७६ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App