१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शनिबार सिमकोटमा अहिलेसम्मकै बढि पर्यटक भित्रिए

हुम्ला– सिमकोटको बाटो भएर आउने पर्यटक बढ्न थालेपछि  कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो भएर जाने पर्यटकको संख्या वृद्धि भएको छ। सिजन सुरु भएको एक महिनामा शनिबार सिमकोट विमानस्थलमा एकैदिन चार सय ३७ पर्यटक पुगेका छन्।

यो संख्या अहिले सम्मकै बढि हो। शनिबार बिहानदेखि दिउँसो साढे एक बजेसम्म नेपालगञ्ज, सुर्खेतबाट सिता, तारा र सुमिटले ३० उडान गरेका थिए। जसमा ४ सय ३६ भारतिय धार्मिक पर्यटक र केही नेपाली आएका थिए। विदेशी पर्यटक पहिलो पटक यसरी एकै दिन यतिधेरै आएको विमानस्थल सुरक्षा प्रमुख सुदिरकुमार खड्काले बताए। योसहित सिमकोटको बाटो भएर कैलाश मानसरोवर दर्शन गर्न जाने पर्यटकको संख्या तीन हजार नौ सय ८३ जना  पुगेका छन्।

शनिबार २ सय १८ जना महिला र २ सय १९ जना पुरुष गरी ४ सय ३७ जना पर्यटक कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका हुन्। यो संख्या हालसम्मकै सबै भन्दा बढी एक दिनमा पर्यटक जिल्लामा भित्रिएका हुन्। यसअघि एक दिनमा तीन सयसम्म पर्यटक भित्रिएका थिए।

सिमकोटबाट हिल्सा पनि अहिलेसम्मकै सबै भन्दा बढी हेलिकोप्टरले ७७ उडान भरेका छन्। गत जेठ ३ गतेदेखि मानसरोवर कैलाश जाने यात्रु भित्रिन सुरु भएको थियो। पर्यटकहरु बोक्नका लागि अहिले सिम्रीकको एक, मनाङ्गको एक, माउण्टेनको एक र सुमिट एयरका दुई हेलिकप्टर गरि जम्मा ५ वटा हेलिकप्टरले सिमकोट विमानस्थलमा रहेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App