१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर एक जनाकाे मृत्यु

बाँके– बाँकेको जानकी गाउँपालिका–१ बडैया गाउँमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

आफ्नै घरमा कुचो लगाउँदै गर्दा २० वर्षीया अनिता गुप्तालाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। उनका अनुसार मृतकका बुबाले अटो रिक्सा चार्ज गर्न जोडेका बेलामा आँगनमा कुचो लगाउँदै गरेकी अनितालाई एक्कासी करेन्ट लागेको थियो।

यसैबीच बाँके राप्ती सोनारीको बिनौना हरिहरपुर जोड्ने पुल निर्माणको कार्यमा संलग्न एक भारतीय मूलको मजदूरको मृत्यु भएको छ। शुक्रबार साँझ पुलको पिल्लर बनाउने क्रममा चोट लागेर गम्भीर घाइते भएको भारत पश्चिम बङ्गाल मालदाको १८ वर्षीय मरिउल स्लामको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।  प्रहरीले दुवैको शव आवश्यक अनुसन्धान पूरा गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएको छ।रासस

प्रकाशित: ३२ जेष्ठ २०७६ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App