१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुरुष भन्दा कम तलब दिएको भन्दै महिलाहरुले गरे भोजसहितको आन्दोलन

ज्युरिच– स्वीजरल्यान्डमा महिला कर्मचारीले पुरुष भन्दा २० प्रतिशत कम तलब दिएको विरोधमा आन्दोलन शुरु गरेका छन्। आफुहरुलाई पुरुषको तुलनामा कम तलब दिएको भन्दै सरकार विरुद्ध महिलाहरु आन्दोलित भएका हुन्। स्वीस महिलाहरुले गरेको आन्दोलनको शैली अरु भन्दा अलि भिन्दै र रोमान्चक खालको छ। उनीहरुले स्विजरल्यान्डको समून्द्री तटदेखि सडक सम्म र्याली निकाल्दै सडक मै पिकनिक पार्टी तथा भोज भतेर सहितको  आन्दोलन गरिरहेका छन्। 

स्विजरल्यान्डमा महिलाहरु करिब २८ वर्षको उमेर देखि आफ्नो हक अधिकारका लागि सडकमा उत्रदै आइरहेका छन्। यस अघि १९९१ जुन महिनामा पनि महिलाहरुले असमानताको विरुद्धमा आवाज उठाउंदै घर तथा अफिस हाता बाहिर निस्केर आन्दोलन गरेका थिए। ३ दशक बित्दा समेत यहाँका महिलाहरुको स्थितीमा कुनै सुधार भने आउन सकेको छैन्। यस कारण स्विस महिलाहरुले  ‘धेरै पैसा, धेरै समय र धेरै सम्मान’ भन्ने नाराका साथ शुक्रवार साझँ देखि प्रदर्शन गरिरहेका छन्।

स्विजरल्यान्ड महिलाको हक अधिकार र समानताको पक्षमा अरु छिमेकी राष्ट्र भन्दा धेरै नै पछि छ। यहाँ अहिले पनि पुरुष र महिला बीच धेरै नै भिन्नताहरु देख्न सकिन्छ। स्विस महिलाहरुलाई पहिलो पटक १९७१ को चुनावमा वोट हाल्ने अवसर दिइएको थियो। जब की धेरै जसो यूरोपेली देशहरुमा यो व्यवस्था २ देखि ४ दशक पहिले नै आइसकेको थियो।

यस्तै, १९८५मा यहाँका महिलाहरुलाई बैंकमा खाता खोल्दा समेत आफ्ना पुरुष अभिभावकको अनुमति अनिवार्य रुपमा आवश्यक पथ्र्यो। स्वीजरल्यान्डमा सुत्केरी विदा पनि २००५ बाट मात्र दिन थालिएको हो। र कम मातृत्व अवकाश दिएको पनि यहीं देशमा पाइन्छ। विश्वभर पुरुषसँग बराबरी हुने मामिलामा १४९ देश मध्ये स्वीजरल्यान्ड २०औं स्थानमा पर्दछ। जबकी नजिकैको छिमेकी देश फ्रान्स १२ औं र जर्मनी १४ औं स्थानले अगाडी छन्।

 

प्रकाशित: ३२ जेष्ठ २०७६ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App