१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वडा कार्यालयमा चोरी

राजविराज– राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ।

चोरले कार्यालयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए। चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिव दुई लाख रुपैयाँ मूल्य बराबरको सरसमान चोरेको उनले जानकारी दिए। चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रकाशित: ३२ जेष्ठ २०७६ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App