१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय सेनाको कारबाहीमा छ जना पाकिस्तानीको मृत्यु

इस्लामाबाद- पाकिस्तानको विदेश मन्त्रालयद्वारा शुक्रबार दिइएको जानकारी अनुसार भारतीय सेनाको काश्मिरी क्षेत्रको सिमानामा गरिएको कारबाहीमा दुई महिलासहित छ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भारतीय कारबाहीमा २२ जना पाकिस्तानी नागरिक गोली लागि घाइते भएका बताइएको छ । पाकिस्तानी पक्षले भारतीय डेपुटी हाई कमिस्नरलाई बोलाएर घटनाको कडा शब्दमा निन्दा गरेको मन्त्रालयले जनाएको छ ।

पाकिस्तानले सन् २००३ मा दुवै पक्षद्वारा गरिएको युद्धबिराम समझदारीको पालना गर्न र लगातार भारतीय पक्षद्वारा उल्लङ्घन गरिराखेको घटनाको छानबिन गर्न पनि आग्रह गरेको छ । रासस/सिन्ह्वा

प्रकाशित: १३ कार्तिक २०७३ ०४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App